गुल्मीका स्वास्थ्य संस्था र स्वयमसेविकालाई IRDS द्वारा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग



गुल्मी, २८ जेठ । 

एकिकृत ग्रामीण विकास समाज गुल्मीले जिल्लास्थित स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा स्थानीय सरकारले गरिरहेको कार्यमा एक्यबद्दता जनाउँदै सुआहारा दोस्रो चरण अन्तरगत स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाको छ । गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय गुल्मीका कर्मचारीहरु, जिल्लाका सबै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर तथा पिपिइ सेट वितरण गरिएको संस्थाका अध्यक्ष हिरा एसीले जानकारी दिए ।

समाजले पालिकामा रहेका ९ सय ९९ जना महिला स्वास्थ्य स्वंयम सेविकाहरुको लागि प्रति व्यक्ति ५० वटा माक्स र सय एमएलको सेनिटाईजर साथै सबै स्वास्थ्य संस्थाहरुको लागि प्रति स्वास्थ्य संस्था ५० वटा माक्स र ५ सय एमएलको सेनिटाईजर र पिपिइ सेट प्रदान गरेको जानकारी सुआहारा कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र बिश्वकर्माले दिए । त्यस्तै संस्थाले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि गुल्मी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि २ हजारमाक्स, पिपिइ ६ सेट र स्वास्थ्य कार्यालय गुल्मीका कर्मचारीको लागि ६ सय माक्स प्रदान गरिएको विश्वकर्माले बताए । जिल्लामा कुल ५८ हजार ८ सय माक्स, ९ सय ९९ वटा सय एमएल र ७६ वटा पांच सय एमएलको सेनिटाईजर तथा ४५ सेट पिपिई प्रदान गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता