अब देशको समृद्धि काँग्रेसबाट मात्रै सम्भव छ : नेता डा.भुषाल !



 

गुल्मी अपडेट । नेपाली काँग्रेसको देशव्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत गुल्मीमा पनि काँग्रेसले विरोधका कार्यक्रम सम्पन्न गरेको छ । संसद विघटनको विरोधमा काँग्रेसले देशभरका स्थानीय तहका वडाहरुमा विरोध सम्पन्न गरेको छ । यसैबीच गुल्मीमा भएको विरोध सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन् । यसैसन्धर्भमा रहेर गुल्मी अपडेटकर्मी सागर भण्डारीले नेपाली काँग्रेसका नेता डाक्टर दामोदर भुषालसगं कुराकानी गर्नुभएको छ ।

स्वागत छ नेता ज्यू यहाँलाई ।

धन्यवाद सागर जी तपाई लगायत तपाईको यो सम्पूणर् परिवारलाई मेरो नमस्ते

तपाईँहरुको यो विरोध प्रदर्शन के का लागि ?

प्रथमत : यो असवैंधानिक कदमलाई सुधार गरेर मुलुकलाई सवैंधानिक कदममा हिँडाउने अभियान नै हो । दास्रो अभियान चाहिँ मुलुक निर्वाचनमा जाँदै गर्दा निर्वाचनका लागि पूर्व तयारी पनि हो यो ।

काँग्रेस अहिले नै निर्वाचनमा जान तैयार भैसकेको अवस्था हो र ?

जुनसुकै घडीका लागि पनि काँग्रेस निर्वाचनका लागि तैयार छ । ५ वर्षको जुन एउटा म्यान्डेट अर्थात सवैंधानिक व्यवस्था अनुसार जनाधेस प्राप्त सरकारले ५ वर्षसम्म निर्वाध रुपले स्थायी सरकार सञ्चालन गरोस भन्ने हाम्रो पनि चाहान थियो । यो सविंधानले पनि त्यही परिकल्पना गरेको थियो ।

छिनछिनमा सरकार परिवर्तन हुँदै गर्दा जनताका विकासका चाहानाहरु अवरुद्ध भए देश समृद्धिको बाटोमा अगाडी जान सकेन । तसर्थ स्थायित्वका लागि स्थायी सरकार निर्माण गर्ने भन्ने सन्दर्भमा सविंधानको कल्पनै त्यो थियो, प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने गरीकन यो सविंधानले व्यवस्था गरेको थियो । जुनकाम केपी ओली र विद्या देवि भण्डारीको बल जोडमा भयो,त्यो पूणर् त असंवैधानिक छ र सगंसगैं यो अलोकतान्त्रिक छ ।

अलोकतान्त्रिक कुन मानेमा भने उनको पार्टी भित्र पनि यस सन्दर्भमा जनमत बनेको छैन् । आम नागरिक पनि निर्वाचनका लागि तैयार भैसकेका छैनन् । आम नागरिकले एउटा दृष्टिकोण बनाईसकेको अवस्था हो की ५ वर्ष पछाडी चुनाव गर्ने हो,त्यतिञ्जेल सरकार हाम्रो शान्ति सुव्यवस्थामा लाग्ने छ,समृद्धि स्थापित गराउन लाग्ने छ र हामीले भोगी रहेको दुःखकष्ट भोग्नुपर्ने छैन् भनेर नागरिकले सरकारबाट आशा गरेर बसेका बेलामा सरकारले नागरिकका समस्या बुझ्नु त कताकता देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाको समेत प्रवाह नगरीकन यसरी हठाहत ढगंले जुन असंवैधानिक तवरले ससंर विघटन गर्यो, पहिले सच्चिनुपर्छ भन्ने हाम्रो भनाई हो ।

सगंसगैं यसलाई सच्चाएर तुरुन्तै अब यस्ता बहुलठ्ठकबाट देश चल्न सक्दैन् । देश लोकतान्त्रिक पद्धतीबाटै चल्न पर्छ । र लोकतान्त्रिक शक्तिले मात्रै हिँजो जसरी नेपाली काँग्रेसले सकंटमा पनि मुलुकलाई सविंधान दियो । त्यसैगरीकन यो समृद्धिको यात्रा पनि नेपाली काँग्रेसबाट मात्रै सम्भव छ । त्यसका लागि चुनावमा त जानै पर्यो । तसर्थ अब आउने चुनावमा नेपाली काँग्रेस आम नागरिकलाई तपाईको अभिभावकको रुपमा उपस्थित हुन सक्षम छ । हामी तैयार छौँ ।

भनेको यदी संसद पुर्नस्थापना भएन चुनाव हुने स्थिति आयो भने काँग्रेस त्यसका लागि तैयार रहन्छ भन्ने यहाँको भनाई ?

निश्चित रुपमा संसद पुर्नस्थापना हुँदै गर्दा पनि नेपाली काँग्रेसले आफ्नो राष्ट्रिय दायित्व नागरिकप्रतिको आफ्ना जिम्मेवारी पुरा गर्छ नै । कि सविंधानलाई ट्रयाकमा ल्याउनु पहिलो काम हो । अझै पनि काँग्रेसको मुल प्रयत्न संसद पुर्नस्थापना नै हो । संसद पुर्नस्थापना मात्रै नभएर यो संसदलाई यसरी बलात्कार गर्ने, सविंधानलाई अपमान गर्नेहरुलाई दण्ड दिने ।

त्यो मैले के भनेको भने पुर्नस्थापित संसदको पहिलो काम चाहिँ विद्या देवि भण्डारीका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेर यीनलाई कारबाही गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार हो । यद्यपी पार्टीमा त यो निणर्य भईसकेको छैन् । सविंधानमा हुँदै नभएको व्यवस्था एउटा व्यक्तिगत सम्पति जस्तै गरीकन मनपरी ढगंले केपी ओलीले सिफारिस गरेकै भरमा राष्ट्रको अभिभावकले, महिलाको मात्रै प्रतिक एउटा गर्वको प्रतिक ठानिएकी राष्ट्रपतिले चाहिँ महिला बलात्कृत हुँदा बोल्नुनपर्ने यस्तो असंवैधानिक तवरले आएको प्रस्तावलाई जसरी अगाडी बढाईन् ।

त्यति मात्रै होईन यीनले बीचबीचमा चाहिँ असवैधानिक ढगंले संसद अधिवेशन रोकेर विद्येयकहरु ल्याउने, सरकारलाई जवरजस्त अधिनायकवाद तर्फ हिँडाउने काम गरेकाले यीनी यो व्यवस्थाका लागि प्रतिनिधि पात्र होईन्न भन्ने हाम्रो ठम्म्याई छ ।

तपाईले यति भनिरहँदा त्यतिबेला नेपाली काँग्रेसले जुन किसिमको प्रतिपक्षको भुुमिका निर्वाह गनुपर्ने थियो त्यो त कमजोर रह्यो भन्ने गुनासो छ नी ?

आम नागरिकको के बुझाई भयो भने ढुगां मुढा गर्ने, आगजनी गर्ने विषयलाई मात्रै प्रतिपक्षको भुमिका बुझ्ने परिपाटी भयो । काँग्रेसले नागरिकलाई सधैभरी सडकमा निकाल्ने कुरा गर्न चाहाँदैन् । नागरिकको अभिमत लिएर नागरिकको भावना अनुसारको राज्य सञ्चालन गर्ने कुरा हो ।

जब नागरिकले हामीलाई प्रतिपक्षमा बस, सरकारले गरेका कमजोरीहरुलाई खबरदारी गर भनेर भनीरहेका छन् भने हामी गैह्र लोकतान्त्रिक ढगंले पूर्व कम्युनिष्टहरुले जस्तै गरीकन मन नपरेको विषयलाई तुरुन्तै सडकमा लाने,आगजनी गर्ने, नागरिक जनसहांर गर्ने गरीकन जनविद्रोह गर्न चाहाँदैनथ्यो । किनभने स्थायित्वका लागि कहिले मुलुक प्रवेश गर्ने त ? स्थायित्वका लागि नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्यो । बोल्न त छाडेको छैननी ।

पछिल्लो समय सरकार साझेदारीको विषय मिडियामा आएको जस्तै हो ?

पहिलो कुरो त सरकारको यो कदम सच्चिनुपर्यो । दोश्रो कुरो चाहिँ के हो भने सरकार विहिन त मुलुक बन्दैन् । कम्युनिष्टहरु फुटिसके पछाडी उनीहरुको विभाजन पछाडी एकलौटी सरकार बन्न नसक्ने ठाउँहरुमा सरकार निर्माण गर्ने सम्भावना रहन्छ भने त्यो अवसरलाई पनि काँग्रेसले उपयोग गर्नुपर्छ ।

भनेको सहकार्यका लागि काँग्रेस तैयार छ भन्न खोज्नुभाको ?

व्यवस्थाका लागि सहकार्य गर्नुपर्यो । नागरिकको भावनाका लागि सहकार्य गर्नुपर्यो । लोकतन्त्रका लागि सहकार्य गर्नुपर्यो । कारण केहो भने अहिलेको व्यवस्थाले जनतालाई समृद्ध बनाउन सक्दैन् । निर्वाचन गर्न सक्ने अवस्था अहिले देशको हैननी । जिम्मेवार राजनैतिक दल हुने हो भने आजका दिनमा मुलुकले निर्वाचन गर्न सक्दैन् ।

अहिले ६० अर्व कोरोनाको भ्याक्सिनका लागि आवश्यक पर्ने पैसा राज्यले जो हो गर्न सकिरहेको छैन् । कोरोनाका कारण मुलुकले झण्डै ६ खर्ब ६५ अर्व बराबरको आर्थिक क्षति देशले व्यहोर्नु परेको स्थिति छ । त्यो क्षति पुरा गर्नका लागि हामीले ठुलो सघंर्ष गर्नुपर्ने हुन्छ, आर्थिक जोहो गर्नुपर्ने हुन्छ । अहिले हामी निर्वाचनमा गयौँ भने अर्को वर्ष स्वभाविक रुपमा स्थानीय निर्वाचनमा जानुपर्ने हुन्छ । एउटा निर्वाचन गर्दै गर्दा झण्डै ४० अर्व भन्दा पैसा खर्च हुन्छ ।

यो पालि ४० अर्व खर्च गर्ने, अर्को पालि ४० अर्व खर्च गर्ने फेरी अर्को पल्ट प्रदेशको चुनाव गर्दा ४० अर्व खर्च गर्ने हो भने यो मुलुकले निर्वाचन गर्ने मात्रै काम गर्ने की जनताको सेवा पनि गर्ने ?  त्यसकारण यसैबीचमा पनि यदी यही सरकारलाई व्यवस्थापन गरेर वैकल्पिक सरकार दिन सक्ने अवस्था छ भने त्यसका लागि पनि काँग्रेसले बाटो खुला गर्छ । काँग्रेस कम्युनिष्टको जस्तो अरुलाई गाली मात्रै गर्ने आफुले मनपरी गर्ने, नागरिकलाई गुमराहमा राख्ने,व्यवस्थालाई लात हान्ने काम गर्न सक्दैन् । जिम्मेवार पार्टीका नाताले काँग्रेसले आवश्यक पर्यो भने सरकारको पनि नेतृत्व लिन्छ ।

अन्त्यमा फरक प्रसगं तर्फ जान चाहेँ तपाई मुसिकोटबासी पनि हुनुहुन्छ प्रतिपक्षको नजरले मुसिकोटका काम कारबाहीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

प्रतिपक्षको रुपमा भन्दा पनि आम नागरिकको हैसियतले भन्नुपर्दा मुसिकोट नगरपालिकाले सविंधानले आत्मसाथ गरेका नागरिकका मौलिक अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा सुस्त गतिमा अगाडी बढेको पाईयो । त्यस्तै अत्यन्तै ढिलो गतिमा विकासका निर्माण काग भएका छन् । सेवाका लागि समर्पित भएको मैले पाएको छैन् ।

समानुपातिक ढगंले विकासका अवसर हुनुपर्नेमा सबै सुस्त गतिमा अगाडी बढेका छन् । वामीटक्सारमा ६ महिनामा पानी उपलब्ध गराउन प्रतिबद्धता जनाएको सरकारले ३ वर्षमा बल्लतल्ल पानी ल्याएपनि अत्यन्तै महगों मुल्य नागरिकहरुबाट लिइएको छ । पानी उपभोग गरेबापत नियमानुसार मुल्य लिनु स्वभाविक भएपनि जडान खर्च महगों लिनु उपयुक्त छ भन्ने मलाई लाग्दैन् । म नगरपालिकालाई सहयोगी भुमिका निर्वाह गर्न आग्रह गर्दछु । राज्यले समन्यवकारी भुमिका खेलेन भने नागरिकहरु आफै अग्रसर भएर अगाडी बढ्न पनि मेरो अनुरोध छ ।

हस धन्यवाद समय दिनुभएकोमा ।

धन्यवाद सागर जी लगायत गुल्मी अपडेट परिवारलाई समय उपलब्ध गराईदिनुभएकोमा आभार ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता