विद्यार्थीलाई पोसाक वितरण



कात्तिक २४ गुल्मी ।
गुल्मीका एकजना पूर्व विद्यार्थीले आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्नु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल निवासी कमल जिसीले आफुले अध्ययन गरेको विद्यालय आनन्दपुर माविका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो । बाल शिक्षा सहित कक्षा ६ सम्म अध्ययनरत १ सय २५ विद्यार्थीलाई ट्राकसुट र जुत्ता प्रदान गर्नु भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
आफुले पढेको विद्यालय र आफ्नो जन्म भुमिलाई सम्झेर सानो सहयोग गरेको जिसीले बताउनु भयो ।
विद्यालयमा सबै विद्यार्थीको आर्थिक अवस्था मध्यम रहेको र जाडो सिजन सुरु हुन साथ कमल जिसीको सहयोगले विद्यार्थीलाई न्यानो प्रदान गर्नुका साथै शैक्षिक गुणस्तर वृद्धिमा समेत सहयोग पुग्ने विद्यालयको भनाई रहेको छ ।
साथै विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने पुर्व विद्यार्थी जिसीलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, विद्यालयका शिक्षक, शिक्षक अभिभावक संघ एवं विद्यालय व्यवस्थापन समितिका विभिन्न पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता