लोक प्रिय बन्दै मोडेल लक्ष्मण भुसाल अभिनित लोक गीत ‘मायालु रापाकोट’



नव उदयमान मोडेल लक्ष्मण भुसाल अभिनित निकै मौलिक लोक भाका ‘मायालु रापाकोट’ सार्वजनिक भएसँगै लोक प्रिय बन्दै गएको छ ।

पश्चिम नेपालको मौलिक सांस्कृतिक रूपमा परिचित रोईला लोक भाकालाई फरक शैलीमा चिनाउने प्रयास गरिएको यस गीतमा लक्ष्मण भुसाल, खुसी रामदा, प्रतिसा लामा र देबेन्द्र सिल्वालको रोमाञ्चक अभिनय रहेको छ ।

उक्त गीतमा गायक चापागाईंको लय तथा शब्द रहेको छ भने सङ्गीत संयोजन अर्जुनकुमार पोखरेलद्वारा गरिएको छ ।
यस गीतको भिडियोमा आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाईंको , निरु चापागाईंको , अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दिपशिखा थापा, दिक्षा तामाङ, रसिया भण्डारी, र कृतिका गुरुङ, मुदुप तामाङ लगायतले नृत्य गरेका छन् । स्याङ्गजा जिल्लाको अर्जुनचौपारी वरिपरिको परिवेश समेत समेटेको यस म्युजिक भिडियोको छायाङ्कन सागर गौतमले गरेका हुन्न भने यस गीतका निर्देशक सन्तोष भुजेल हुन्न ।

चापागाईंले २०६३ सालबाट “पाए तिम्रो साथ” बोलको एल्बमबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए । नव उदयमान मोडेल लक्ष्मण भुसालसँगको सहकार्यको प्रशंसा गर्दै भुसालको मोडलिङ क्षेत्रमा निक्कै राम्रो सम्भावना रहेको समेत गायक चापागाईंले जानकारी दिएका छन्।

(हेर्नुहोस् भिडियो )

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता