मालिकाकाको अभियान :गर्भवतीको घरमा हरियो झण्डा , सुत्केरीको हातमा एक क्यारेट अण्डा



माघ ६ गुल्मी ।

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले सुरु गरेको स्वास्थ्य लक्षित कार्यक्रम अन्तर्गत गर्भवतीको घरमा हरियो झण्डा र सुत्केरीको हातमा एक क्यारेट अण्डा कार्यक्रम पछिल्लो समय प्रभाकारी बन्दै गएको छ ।
गाउँपालिककाले घरमा शुन्य प्रसुती गाउँपालिका घोषणा अभियानलाई प्रभावकारी बनाउन गर्भवतीको घरमा हरियो झण्डा राख्दै आएको छ । भने गर्भवती भैसकेको पछि नियमित रुपमा स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराएका महिलाहरू एक क्यारेट अण्डा समेत प्रदान गर्दै आएको छ ।

गाउँपालिकालाई निकट भविस्यमै घरमा शुन्य डेलेभरी गाउँपालिका घोषणा अभियानलाई पुर्णतः दिन गर्भवतीको घरमै पुगेर हरियो झण्डा राखिदिने र सुत्केरीलाई एक क्यारेट अण्डा प्रदान गर्ने थालिएको छ । सोहो अनुरुप वडा नम्बर आठको साविकको वडा नम्बर पाँचका चार जना सुत्केरीलाई घरमै पुगेर अण्डा प्रदान गरिएको मभुङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सुशिल अर्यालले जानकारी दिए ।
गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गरे गाउँपालिकाले एक क्यारेट अण्डा दिन्छ भन्ने ज्ञान गाउँका हरेक महिलालाई थाहा होस भनेर घरमै पुगेर अण्डा प्रदान गरिएको स्वास्थ्यकर्मी अर्यालको भनाई छ ।
मालिका गाउँपालिकाले थालेको घरमा शुन्य प्रसुती अभियानमा वडा नम्बर छ अर्जै सफल भैसकेको छ ।भने वडा नम्बर आठ पनि अन्तिम चरणमा रहेको छ ।
गाउँपालिकालाइ सो अभियानमा सफलता मिलोस भनेर मालिका गाउँपालिकाले नियमित रूपमा स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराए आठ सय र स्वास्थ्य संस्थामा प्रसुती भएमा दुई हजार भत्ता समेत दिदै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता