यस्ता निर्णय गदै सकियो ,शिक्षक महासंघ सत्यवती गाउँपालिकाको तेस्रो प्रतिनिधि सभा



माघ- १७ गुल्मी ।
नेपाल शिक्षक महासंघ सत्यवती गाउँपालिकाको तेस्रो प्रतिनिधी सभा सम्पन्न भएको छ ।

शनिवार सम्पन्न सभाले सांगठनीक प्रतिवेदन, आर्थीक प्रतिवेदन, महिला प्रतिवेदन, पारित गरेको छ । भने
शिक्षक सहकारी स्थापन गर्ने,राहत शिक्षक समिति ,करार शिक्षक समिति,बाल विकास शिक्षक समिति साथै कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरुको समिति गठन गर्ने निर्णय गरेको नेपाल शिक्षक महासंघ सत्यवती गाउँपालिकाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

साथै संगठनलाई आगमी दिनमा चुस्त ,दुस्त बनाउदै लैजानको लागी रणनीति समेत तय गरेको छ । शिक्षक हकहितको लागी एकबद्ध हुनु पर्ने सन्देश समेत ते्रसो प्रतीनिधि सभाले दिएको शिक्षकहरुले जनाएका छन् ।

 

तेस्रो प्रतिनिधि सभाका प्रमुख अतिथि तथा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले शिक्षकहरुको सहि समाज निमार्ण गर्नेको लागी महत्पुर्ण भुमिका हुने बताउदै शिक्षकहरुलाई अनुशासित बन्न आग्रह गरे ।
शिक्षकको हकहितको लागी गाउँपालिका सदैव शिक्षकको साथमा रहेको बताउदै शिक्षकहरुले विद्यार्थीलाई सहि बाटोमा हिडाइ सभ्य समाज निमार्ण गर्ने सामाजिक भुमिका खेल्न पर्ने उल्लेख गरे ।

तेस्रो प्रतिनिधि सभामा नेपाल शिक्षक महासंघमा आस्थावन राख्ने दुइ सय भन्दा बढी शिक्षकको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता