म माइत आएकी होईन ,जन्म भुमिको सेवा गर्न आएकी हुम: नेतृ झाँक्री



कात्तिक -७ गुल्मी ।

बाम लोकतान्त्रिक गठबन्धनकि साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफ्नो जन्म र कर्म भुमिको सेवा गर्नको लागि उम्मेदवारी दिइएको बताएकी छन ।
आज इस्मा गाउँपालिका २ ताल्तुङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
विपक्षीले चेलीलाई पाहुर दिएर पठाउनु पर्छ भोट होइन भन्ने दिइएको अभिव्यक्तिलाई खण्डन गर्दै उनले यस्तो बताईकी हुन् । अहिलेको एक्काइसौं शताब्दीमा पनि छोरा र छोरी बिच विभेदपुर्ण अभिव्यक्ति दिएर प्रतिपक्षले निच मानसिकता प्रकट गरेको बताउदै कसैको संस्कृति माथी गरिएको निर्मम प्रहार आपत्तिजनक रहेको झाँक्रीले बताईन ।
साथै झाँक्रीले भनिन्  ‟उनीहरुले दिएको अभिव्यक्तिले मेरो मात्रै अपमान भएको छैनन् यो संसारमा आदि आकाश ढाकेका महिला माथी समेत अपमान भएको छ ” ।
छोरी अशं र वश खोजेर बसिरहेको अहिलेको अबस्थामा पाहुरका पोका दिएर पठाउनु पर्छ भन्नु सम्पुर्ण चेली माथीको अपमान र समाजलाई ५० वर्ष पछाडी धकल्ने काम भएको झाँक्रीले उल्लेख गरिन ।

आफू न्याय र समानताको लागि लडदै आएको बताउदै कसैको व्याक्तिगत जिवनलाई जोडेर अभिव्यक्ति नदिन झाँक्रीले चेतावनीसमेत दिइएकी छन ।
राजनीतिक जीवन सार्वजनिक हुन्छ , राजनीतिक बहस छलफल गर्न म तयार छु तर कसैको छोराछोरी श्रीमान ,घरपरिवार , माईती गाउँ , ससुराली ठाउँ,नातागोता लाई लिएर टिप्पणी गर्न नहुने उनले तर्क गरिन ।

साथै आफू गुल्मीमा आफ्नो जन्म भुमी र कर्म भुमिको सेवा गर्नको लागि उम्मेदवारी दिइएको बताएकी छन । आफू अहिले मदाने गाउँपालिकाको म्यालपोखरीमा जन्मेर उच्च शिक्षा यसै क्षेत्रमा अध्ययन गरेको जानकारी गराउदै गुल्मीका हरेक विद्यालयमा संगठन विस्तार,राजनीति भेटघाटमा खटेको झाक्रीले बताईन ।
गुल्मीको समग्र विकासको लागि कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै झाक्रीले ५ वर्ष सम्म जनताको चित्त बुझ्ने गरि विकास गर्न नसके कहिल्यै आफ्ना लागि मत माग्न नआउने प्रतिबद्धता समेर जाहेर गरिन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता