दुध र मासुमा इस्मा गाउँपालिकाको अनुदान, उत्कृष्ठ काम गर्ने ६८ कृषक पुरस्कृत



हुमाकान्त पोख्रेल गुल्मी
इस्मा गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७५-७६ मा वडा नम्बर ६ अम्मरपुरका ५१ किसानकाले विक्रि गरेको खसिबोका र १७ किसानले उत्पादन गरेको दुधमा कुल एक लाख ७५ हजार ७०० अनुदान प्रदान गरेको हो ।

 


विक्रि भएको मासु तथा दुध सबै अम्मरपुरस्थित ‘अमरपुर कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिडेट’ द्धारा विक्रि भएका हुन् ।
गत आर्थिक बर्ष अम्मरपुरका १७ किसानले दुई हजार ५५ केजीका ६० वटा खसिबोका बिक्रि गरे । जसबाट किसानले कुल ५१ हजार ३७५ अनुदान प्राप्त गरे । सबैभन्दा धेरै स्थानीय विष्णुमाया भण्डारीले पाचँ खसिबोका विक्रि गरिन् । जसबाट पाँच हजार ७५ रुपैँया प्राप्त गरेकी छन् । गत बर्ष नै उक्त सहकारीबाट कुल २४ हजार ८६४ दुध विक्रि भयो । जसबाट कुल एक लाख २४ हजार ३२५ किसानले अनुदान प्राप्त गरेका छन् ।
सबैभन्दा धेरै स्थानीय कमला घिमिरेले अनुदान प्राप्त गरेकी छन् । उनले सात हजार ३४३ लिटर दुध विक्रिबाट कुल ३६ हजार ७१५ प्राप्त गरेकी छन् । त्यस्तै दुर्पता भण्डारीले तीन हजार २०२ लिटर दुध सहकारीमार्फत विक्रि गरी १६ हजार १० प्राप्त गरेकी छन् । अर्की स्थानीय जमुना पराजुलीले तीन हजार १४९ लिटर दुध विक्रिबाट १५ हजार ७४५ तथा पशुपति अर्यालले तीन हजार ४२ लिटर दुध विक्रिबाट १५ हजार २१० प्राप्त गरेको सहकारीले जनाएको छ ।
अम्मरपुरसहित तत्कालिन ६ गा।वि।स। मा वि।सं २०७२ सालमा हेफर इन्टरनेशनल परियोजना लागु भयो । उक्त परियोजनाले किसानहरुको समुह गठन, मासिक बचत संकलन, बाख्रा वितरण, तालिम लगायतका कार्यक्रम ग(र्यो । र अन्त्यमा सहकारी गठन गरी अहिले किसानले उत्पादित कृषिजन्य वस्तुहरुलाई सहकारीमार्फत विक्रि वितरण हुदैँ आएको एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा ए।सी।ले जानकारी दिए ।


सहकारीले अहिले जिउँदो खसि–बोका खरिद विक्रि गर्ने गर्दछ । त्यसका साथै आवश्यक मल, बिउ, दाना लगायतका सामाग्री पनि सहकारीले खरिद–बिक्रि गर्र्ने गरेको एकिकृत ग्रामिण विकास समाज गुल्मीको परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए । सहकारीले यसै बर्ष ९०० खसिबोका अमरपुरभन्दा बाहिर निर्यात गर्ने, एक सदस्य–एक खसि अनिवार्य गर्ने, प्रत्येक सदस्यको घरमा कम्तिमा पाचँ वटा माउ बाख्रा बनाउने लगायतका लक्ष्य पनि लिएको भण्डारीले बताए ।

एक बर्षमै सहकारीको पुँजी ५७ लाख
अमरपुर कृषि तथा पशु विकास महिला सहकारी लिमिटेडले एक बर्षमै आफ्नो पुँजी ५६ लाख ७५ हजार ९६१ पु¥र्याएको छ । पछिल्लो समय कतिपय सहकारी धरासायी समेत बन्ने गरेको अवस्थामा यस सहकारीले भने कारोबार रकम बृद्धि गर्न सफल भएको संस्थाकी अध्यक्ष देवकला थापाले जानकारी दिइन् । त्यसमा आम्दानीका मुख्य स्रोतमध्ये खसि–बोका विक्रिबाट नौ लाख १८ हजार ८२२ प्राप्त भएको छ । त्यस्तै शेयर पुँजी छ लाख ४५ हजार ५००, बचत हिसाब १७ लाख ४८ हजार ५७६, प्रशासनिक अनुदान तीन लाख चार हजार ४२०, दाना विक्रिबाट ७४ हजार ६६० लगायतका शिर्षकबाट आम्दानी भएको अध्यक्ष थापाले बताइन् ।
गाउँपालिकाले भण्डार केन्द्र स्थापना गर्ने
गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले अमरपुरमा खसि–बोका बिक्रिको लागि भण्डार केन्द्रको स्थापना गर्ने बताइन् । आफु पनि महिला भएको र सहकारीको उदेश्य पनि महिलालाई नै आत्मनिर्भर बनाउने रहेकोले अमरपुरमा गाउँपालिकाले भण्डार केन्द्र बनाउने प्रतिवद्धता जायर गरिन् । त्यस्तै जिल्ला समन्वय समिति अध्यक्ष लक्षमण पराजुलीले मिलेर काम गर्न सबैलाई आग्रह गरे । ‘एक्लै दौडेर हुँदैन, मिलेर काम गरे सफलता मिल्छ भन्ने उदाहरण दिनुभएको छ ।’ उनले भने, ‘आवश्यक सहयोग सबैबाट हुनेछ ।’
दुध र मासुमा अनुदान
इस्मा गाउँपालिकाले उत्पादनमा बृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम सुरु गरेको हो । जसअन्तरत बर्षमा १०० के।जी। खसि या बोकाको मासु विक्रि गर्ने किसानलाई प्रति के।जी। २५ रुपैँया गाउँपालिबाट उपलब्ध गराइने गाउँपालिका अध्यक्ष लक्षमण विष्टले जानकारी दिए ।
त्यस्तै महिनामा ५० लिटरभन्दा बढी दुध विक्रि गर्ने किसानलाई प्रति लिटर रु। ५ का दरले अनुदान प्रदान गरिने पनि विष्टले बताए । तर यस्तो अनुदानको लागि भने सहकारीमार्फत काम गर्नुपर्नेछ । गत आर्थिक बर्ष इस्मा गाउँपालिकाका दुई सहकारी उत्पादनमा आधारित अनुदानको लागि योग्य भए । इस्मा कृषि तथा पशु विकास महिला सहकारी र अमरपुर कृषि तथा पशु विकास महिला सहकारी लिमिडेटले अनुदान प्राप्त गरेको अध्यक्ष विष्टले जानकारी दिए ।
गत बर्ष ९० र यस बर्ष ५० लाख बजेट
गाउँपालिकाले कृषिमा आत्मनिर्भर गाउँपालिका बन्ने उदेश्यले गत बर्ष ‘कृषि र पशु’ शिर्षकमा ९० लाख विनियोजन गरेको थियो । जसमा खोर तथा गोठ सुधार कार्यक्रममा नौ लाख अनुदान प्रदान गरिएको छ । पाचँ लाख औषधी वितरण, कृषक तालिम र कृषक भ्रमणमा तीन÷तीन लाख, यान्त्रीकिकरणमा १० लाख लगायतका शिर्षकमा खर्च गरिएको गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक तुल्सी बहादुर थापाले जानकारी दिए ।
यान्त्रीकिरणअन्तरगत किसानलाई थ्रेसर, मिनी टेलर लगायतका सामाग्री अनुदानमा प्रदान गरिएको थियो । गत बर्ष नै गाउँपालिकाका किसानहरुको बाख्राको ५० प्रतिशत अनुदानमा बीमा गरिएको छ । एक लाख बजेटमा बाख्राको बीमा गरिएको हो । भने यो बर्ष पनि ‘कृषि र पशु’ शिर्षकमा ५० लाख विनियोजन भएको र उक्त बजेट एकिकृत ग्रामिण विकास समाज केन्द्रद्धारा संचालित हेफर इन्टरनेशनल परियोेजनामार्फत काम गरिने नायब पशु स्वास्थ्य प्राविधिक थापाले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता