मुसिकोटमा जिप दुर्घटना चार जना घाईते !



भदौ -२९ गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका -६ बेलटारीमा पिक अप जिप दुर्घटना हुदाँ चार जना घाईते भएका छन् । कुर्घा देखी भुवाचिदी आउदै गरेको लु १ ज ३४१३ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी) पुरुषत्तम पाण्डेले जानकारी दिए ।

जिप अनियंन्त्रीत भई भित्तामा ठोकिएको थियो ।

जिपमा दुई महिला र दुई पुरुष गरी चार जना सवार रहेको बताईएको छ । घाईते चारै जनाको अवस्था सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ । उनिहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी पाल्पा रेफर गरिएको बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता