जिर्ण पुल मर्मतका लागि आर्थिक सहयोग जुटाउदै ।



 

कौरव खत्री – गुल्मी १८ साउन ।

गुल्मी र बाग्लुङ्ग जोड्ने भर्माचौर झोलुङ्गे पुल मर्मत संम्भारका लागि आर्थिक सहयोग जुटदै गएको छ ।

 

गुल्मीको मुसिकोट नगरपालिका १ भर्माचौर र बडिगाड गाँउपालिका ५ खौलार बाग्लुङ्ग जोड्ने भर्माचौर झोलुङ्गे पुलको गुल्मी तर्फको पुलको जिप भकारी अर्थात वाल भत्केपछि त्यसको मर्मत संम्भारका लागि गत विहिवारदेखि सहयोग अभियान सुरु गरिएको थियो ।

साथै उक्क्त झोलुङ्गे पुल मर्मत संम्भारका लागि अभियानबाट आजसम्म स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट करिव ८० हजार रकम संकलन जुटेको युवा समाजसेवी दिननाथ पौड्यालले जानकारी दिए ।

साथै उक्क्त पुलको वाल भत्केपछि स्थानीयवासीहरुलाई आफ्नो दैनिकी कामकाज र स–साना बालवालिकाहरुलाई आवात जावतमा समेत कठिनाई भएको छ ।

पुल मर्मत संम्भारको लागि आफूसक्दो आर्थिक सहयोग गरिदिन समेत समाजसेवी पौड्यालले आग्रह गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता