मालिका तारा बन्नको लागि पाँच जना बीच फागुन १ गते प्रतिस्पर्धा हुँदै



माघ २३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाको आयोजना र डिजेसी मिडिया प्रालिको सहकार्यमा सञ्चालन मालिका तारा २०८१ को सेमिफाइनल चरण सम्मका प्रतियोगिता सम्पन्न भएका छन् ।
आज गाउँपालिकाको सभाहलमा सम्पन्न सेमिफाइनल प्रतियोगिता बाट फाइनलको लागि पाँच जनाले यात्रा तय गरेका छन् ।
जहाँ कौशिला घर्ती,संगिता विश्वकर्मा,सुस्मिता बुढा मगर,सागर बुढाथोकी र आशिष् खत्री फाइनल रहेका छन् ।
उनिहरुले फागुन १ गते आयोजना हुने बृहत कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन ।
फागुन १ गते मालिका गाउँपालिकाको प्रशासनिक भवन उद्वघाटन,
मालिका रनिङ शिल्ड लगायत विभिन्न कार्यक्रमको लागि पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गुल्मी आउँदै छन । साथै सोही अवसरमा मालिका तारा फाइनल हुँदै छ । त्यसकारण पनि यो वर्षको मालिका तारा २०८१ र  प्रतियोगीलाई विशेष बन्दै छ ।
लोक कला संस्कृतीको जगेर्ना संगै नया प्रतिभाको प्रस्फुटन गर्ने उदेश्यले मालिका गाउँपालिकाले हरेक वर्ष मालिका तारा आयोजना गर्दै आएको छ । यस वर्षको मालिका तारा बन्नेले नगद २५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
सेमिफाइनल सम्मको मुल्यांकन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मी शाखाका सह-सचीव अनिल खत्री ,सदस्य सुमन पन्थी लगायतले गरेका थिए । कार्यक्रमको सञ्चालन अर्जै माविका शिक्षक बुद्धिराम अर्यालले गर्दा सहजीकरण भने सञ्चारकर्मी तथा स्थानीय डिबी खड्का र सुमन महताराले गरेका थिए ।
फाइनल अडिसनको मुल्यांकन  फागुन १ गते बरिस्ठ लोक गायक बोम बहादुर कार्की,शिवा आले लगायत अन्य कलाकारले गर्नेछन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता