मालिका गाउँपालिका द्वारा ५०% अनुदानमा कृषि औजार वितरण !



भदौ- १६ गुल्मी ।

मालिका गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामाग्री प्रदान गरेको छ ।
गाउँपालिकाको मकै प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नम्बर सात घमिरका किसानलाई हाते ट्याक्टर र कुटानिपिसानीको लागी मिल वितरण गरिएको वडा अध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिए । मंगलबार गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापा द्वारा १० वटा हाते ट्याक्टर र २१ वटा मिल वितरण गरिएको छ ।

४५ हजार पर्ने मिल र ७५ हजार पर्ने हाते ट्याक्टर ५० प्रतीशत अनुदानमा पाउदा किसान पनि हर्षित भएका छन ।
कृषिमा आधुनिकीकरण र यान्त्रीकीकरण गरी उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने उदेश्यले कृषिप्रधान औजार वितरण गरिएको हो ।
साथै मकै छर्ने र विषादी छर्ने मेसिन पनि केहि समय पछि किसानलाई प्रदान गरिने बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता