मालिका गाउँपालिकाले बालविवाह विरुद्ध अभियान चलाउने



८ मंसिर, गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले बालविवाह विरुद्ध अभियान थाल्ने भएको छ ।
पछिल्लो समय बालविवाहका घटना बढ्दै जान थालेपछि गाउँपालिकामा गठित मालिका समाज कल्याण परिषद् समितिको माध्यमबाट बालविवाह मुक्त गाउँपालिकाको अभियान थालेको हो ।

गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्नका लागि प्रत्येक वडामा बाल क्लब गठन गर्ने, १५ देखि २० वर्ष उमेर समुहका बालबालिकाको तथाङ्क संकलन गर्ने र ती उमेर समुहका बालबालिकालाई कानुनविद् तथा प्रहरी प्रशासनबाट प्रशिक्षण दिने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले बताए ।

सानै उमेरमा विवाह गर्दा कानुनी झन्झट मात्रै नभई सामाजिक विकृतीसँगै बालबालिकाको स्वास्थ्यमा शारिरक तथा मनोवैज्ञानिक असर पुग्ने गरेको गाउँपालिकाको ठहर छ । कानुनी रुपमा बालविवाहलाई निषेध गरेता पनि ग्रामीण क्षेत्रमा प्रभावकारी हुन नसक्दा दिनहुँ बालविवाहका घटना बढ्दै जान थालेका छन् ।

परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडीएका कारण बालविवाह न्युनिकरण गर्नमा चुनौती थपिएको छ । बालविवाह बालअधिकारको हनन् मात्रै नभई विकास र समृद्धिको बाधक भएकाले बालविवाह रोकथामका लागि देशका तिनै वटा सरकारले चासो देखाउन जरुरी छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता