मालिका गाउँपालिकामा कोरानाका स्रकिय संक्रमितको संख्या ३३ पुग्यो !



असार १८ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकामा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएको छ । विशेष गरी वडा नम्वर ६ अर्जेमा संक्रमणको दर बढेको छ । त्यस वडामा मात्रै २९ जना सक्रिय संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए । त्यस्तै वडा नम्वर सात घमिर र वडा नम्वर चार अर्खबाङमा २/२ जना संक्रमित रहेको संयोजक भुसालले बताए ।

संक्रमितहरु मध्ये पाँच जनाको संस्थागत आइसोलेशन र अरु सबैको होम आइसोलेशनमा उपचार भैइरहेको छ ।
कोरोना संक्रमणदर बढ्न थालेपछि गाउँपालिकाले गाउँ वासीलाई सचेत रहन आग्रह गरेको छ । पालिका वासीलाई अनावश्यक हिडडुल र भिडभाड नगर्ने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले आग्रह गरेका छन् ।
अहिले सम्म मालिका गाउँपालिकाकामा एक सय ३२ जनाले कोराना जितेका छन् भने सात जनाको मृत्यु भएको छ । त्यस्तै गाउँपालिकाले ८ सय जना भन्दा बढीको एन्टिजोन परिक्षण गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता