इस्मामा ९ वर्ष देखि सहकारीको टहरा बाट प्रहरी चौकी सञ्चालन !



कात्तिक ७ गुल्मी ।

एक पटक परिकल्पना गर्नुस् त ,अरुको जिउँधन रक्षा गर्ने प्रहरीनै जोखिममा भए कसरी सेवा प्रवाह हुन्छ होला ? गाउँठाँउमा हुने विवाद झै- झगडा मिलाउने प्रहरीलाई आफू असुरक्षित भएको महसुस गर्दा राती निद्रा लाग्छ होला कि नाई ? अझ दशै, तिहार, होली जस्ता ठुला पर्वमा हुने सामुहिक झडपको समाधान गर्न तर्फ प्रहरी कत्तिको उच्च मनोबलका साथ अग्रसर हुन्छन् होला ? आफू र आफ्नो हतियारलाई नै जोखिममा राखेर सेवा प्रवाह गर्दा प्रहरीलाई कस्तो भय हुन्छ होला ? यदि तपाईंहरुले हस्तिचौर प्रहरी चौकीलाई देख्नु भयो भने यस्तै यस्तै जिज्ञासा र प्रश्नले तपाईंको मन पोलिरहने छ ।

चारै तिर सुनसान वातावरण ,अगाडि पट्टि जङ्गल , मोटरबाटोको छेउमा एउटा सानो टहरा देखिन्छ । झट्ट हेर्दा यो टहरा बाटोमा हिड्ने बटुवाले आश्रय लिने ठाउँ वा गाउँका आमासमुह ,क्लबले बैठक राख्ने भेला हुने पार्टी पौवा होला भनेर धेरैलाई लाग्न सक्छ । तर यो त राज्यको अति संवेदनशिल अङ्ग मध्येको एक प्रहरी चौकी हो ।
इस्मा गाउँपालिका -१ हस्तिचौरमा रहेको हस्तिचौर प्रहरी चौकीले विगत ९ वर्ष देखि सहकारीको अस्थायी टहरा बाट जोखिम मोलेर सेवा प्रवाह गर्दै आएको छ । पक्की भवन अभाव र ९ वर्ष सम्म पनि कतै बाट पहल नहुँदा सहकारीको अस्थायी टहरा भाडामा लिएर सेवा प्रवाह गर्न प्रहरी बाध्य बनेका छन् ।

२०५६ सालमा तत्कालीन हस्तिचौर गाविसका अध्यक्ष नरहरी घिमिरेको पहलमा प्रहरी चौकी स्वीकृत भए पनि द्वन्दका कारण यस ठाउँमा प्रहरी चौकी बस्न नसकेको इस्मा गाउँपालिका -१ का वडा अध्यक्ष शेर बहादुर कुवरले बताए ।
पछि २०७० साल फागुन १ देखि हस्तिचौर बचत तथा ऋण सहकारी सस्थाको टहरा भाडामा लिएर सेवा सुचारु गरिएको स्थानीयले कमल कुवरले बताए ।
जिर्ण र जोखिम बनेको टहरालाई २०७४ सालमा स्थानीयको श्रमदान र तत्कालीन प्रहरी चौकीमा कार्यरत स्टाफ बाट एक हजार / पाँच सय उठाएर टहरा मर्मत समेत गरिएको स्थानीय बैकुण्ठ बहादुर कुवरले बताए ।

१० जनाको दरबन्दी रहेको यस प्रहरी चौकीमा हाल सात जना कार्यरत छन् । अस्थायी टहरा बाट सेवा प्रवाह गर्दा जोखिमका साथै गोपनियता जोगाउन समेत सकस छ ।
चौकीका नाममा ५ रोपनी जग्गा भए पनि पक्की भवनको लागि कहिँ कतै बाट पहल नभएको स्थानीयको गुनासो रहेको छ ।
प्रहरी चौकीको भवन निर्माणको लागि गृहमन्त्रालय समक्ष माग गरिएको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुवरले जानकारी दिईन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता