प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता



आज फागनु १६ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ दल नेकपामा देखिएको विवाद, प्रधानमन्त्री केपी शर्मा ओलीको मनोविज्ञान, पेट्रोलियम पदार्थमा कर लगायतका विषयले प्राथमिकता पाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको भविष्यप्रति चिन्तित देखिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । प्रम ओलीसँगको भेटपछि काँग्रेस नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पछिल्लो राजनीतिक घटनाक्रमबाट सशंकित रहेको देखिएको बताएका हुन् । उनले भनेका छन्, ‘उहाँलाई अलि बढी चिन्तित पाएँ, खासगरी स्थिरताको विषयमा । हुन पनि हाम्रो देशमा दुईतिहाइ बहुमत लिएर बिपी कोइरालाको सरकार बन्दा पनि राजनीति स्थिर भएन । ०४८ पछि गिरिजाप्रसाद कोइराला नेतृत्वको बलियो सरकार पनि ढल्यो । अहिले पनि दुईतिहाइ सरकार छ, तर अस्थिरताको आशंका छ ।

यही परिवेशमा उहाँले मलाई बोलाउनुभएको हो । मसँग मात्र कुरा गरेर के गर्ने, तपाईंले पार्टी सभापति ९शेरबहादुर देउवा०जीलाई पनि भेट्नुस्, कुरा गर्नुस् भनेँ । उहाँले ‘भेटेको छु, अस्ति पनि भेटेँ । तर, म मात्र होइन, हाम्रै सचिवालयका साथीहरूले पनि भेटेका छन् । सूचना त मसम्म पनि आइपुग्छ नि’ भन्नुभयो । उहाँले खासगरी राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने विषयमा पार्टीभित्र भएको विवादको प्रसंग उठाउनुभयो । त्यसमा तपाईंको धारणा के छ भनेर उहाँले मलाई सोध्नुभएको थियो । मैले भनेँ– कसलाई मनोनयन गर्ने भन्ने विषयमा हाम्रो भनाइ केही छैन । सरकारले सिफारिस गर्ने हो, राष्ट्रपतिले मनोनयन गर्ने हो । तर, कुनै व्यक्तिका नाममा संविधान चलाउन पाइँदैन । त्यसले विकृति–विसंगति ल्याउँछ, जसलाई हामीले थाम्नै सक्दैनौँ । त्यसैले त्यो बाटोमा नलागौँ । तर, त्यो कुरा हाम्रा साथीहरूले बुझेनन् भन्नुभयो ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता