मालिका- काठमाडौ सम्पर्क समितिको आयोजनामा चुनावी अन्तरक्रिया कार्यक्रम सम्पन्न



बैशाख ८ गुल्मी ।

मालिका गाउँपालिका-काठमाडौ सम्पर्क समिति बाम लोकतान्त्रीक गठबन्धनको आयोजनामा चुनाव विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम होटल हार्दिक बागबजारमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष नेपाली काँग्रेस गुल्मी मालिका गाउँपालिका काठमाडौ सम्पर्क समितिका सभापति सुर्यनारायण अर्यालले गर्नुभएको थियो । प्रमुख अतिथी गुल्मी काठमाडौ सम्पर्क समितिका अध्यक्ष ज्ञान बहादुर कार्की विशेष अतिथि नेकपा माओबादी केन्द्रका मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल (अमृत) र नेपाली काँग्रेस मालिका गाउँपालिकामा सभापति उपेन्द्र अर्याल रहनु भएको थियो ।

त्यस्तै मालिका गाउँपालिका वडा नम्बर ५ गठवन्धन बाट अध्यक्ष पदका उम्मेद्वार काँग्रेस नेता रेखा कुमार जिसी ,माओबादी केन्द्र गुल्मी काठमाडौ सम्पर्क समितिका अध्यक्ष सन्दिप भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पाटी माओबादी केन्द्रका गुल्मी काठमाडौ सम्पर्क समिति क्षेत्रिय उपाध्यक्ष कमल राज पुरीले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता