मालिकाको नीति :गाँजालाई वैधानिक बनाउने प्रक्रियालाई अघि बढाउने



असार ६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकले गाँजा उत्पादन र वैधानिक बनाउने प्रक्रियालाई अघि बढाउने नीति लिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले १८ औं गाउँ सभमा आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त योजना प्रस्तुत गरेका हुन ।
औषधि जन्य हिसाबले उपयुक्त मानिएको गाँजाको उत्पादनको प्रक्रिया अघि बढाउन संघ र प्रदेश सरकार संग समन्वय गरि सम्भाव्यता अध्ययन गरिने पालिकाले नीति लिएको छ ।
मालिका गाउँपालिका क्षेत्रमा प्रशस्त मात्रमा गाजा उत्पादन हुने गर्दछ । कानुनले गाँजालाई अवैधानिक मानेपनी यस क्षेत्रका नागरिकले गाँजालाई घरायसी औषधिका रुपमा प्रयोग गर्ने गरेका छन् । गाजाको दाना देखि पात समेत मानिस लगायत अन्य पशुको लागि औषधि रहेको र प्रयोग गर्दै आएको स्थानीयको भनाई छ ।
गाजा बाट विभिन्न प्रकारका झोला,कपि लगायत अन्य सामाग्री समेत निर्माण हुने गर्दछन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता