माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिकाको तेस्रो सम्मेलन भोलि, चक्रपाणी खनाल ‘बलदेव’ ले उद्वघाटन गर्ने

बैशाख २६ गुल्मी — नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिकाको तेस्रो गाउँ सम्मेलन भोलि (शनिबार ) हुँदै छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँ कमिटीका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।
गाउँपालिकाको वडा नं. ४ रानिवासमा हुने ऐतिहासिक सम्मेलनमा पार्टीका केन्द्रिय सचिव चक्रपाणी खनाल ‘बलदेव’ प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन ।
सम्मेलनले संगठन सुदृढीकरण, आगामी कार्यदिशा तय गर्नुका साथै स्थानीय तहमा पार्टीको भूमिका अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल गर्नेछ। साथै सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । सम्मेलनको तयारीको लागि विभिन्न समिति -उपसमिति बनाएर भव्य तयारी गरिएको गाउँ कमिटीका सचिवालय सदस्य एवम् अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष किसन पाण्डेले बताए ।
साथै सम्मेलनले स्थानीय नेता,कार्यकर्ता , समुदाय र शुभेच्छुकमा उत्साह थपिएको पाण्डेको भनाई रहेको छ । सम्मेलनलाई पार्टीका प्रदेश , जिल्ला स्तरका नेताले सम्बोधन गर्नेछन् । सम्मेलनमा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा सो पार्टीले गरेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।