फागुन २ र ३ गते मालिका गाउँपालिकामा निः शुल्क आँखा शिविर सञ्चालन हुने



माघ २७ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले नि शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।
नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले फागुन २ र ३ गते नि ःशुल्क आँखा शिविरको आयोजना गरिएको  गाउँपालिकाले जनाएको छ ।
फागुन २ गते गाउँपालिकाको वडा नम्वर दुइ च्यानडाडामा रहेको सामुदायिक स्वास्थ्य इकाइ र फागुन ३ गते वडा नम्वर पाँचको छापहिलेमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त राज भुसालले जानकारी दिए ।
शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि ःशुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ । साथै शिविरमा मोतीया विन्दु देखीएका बिरामीको फागुन १० गते सिमलटारी आँखा उपचार केन्द्रमा नि शुल्क शल्यक्रिया गरिने र बिरामीको लागी नि शुल्क यातयातको व्यवस्था गरिएको गाउँपालिकाले मालिका गाउँपालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता