प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास सम्वन्धी दश दिने तालिम पाल्पामा सम्पन्न



कौरव खत्री गुल्मी ४, फागुन । 

शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीको आयोजनामा आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाल्पा सम्पन्न भएको छ । गुल्मी,अर्घाखाँची र पाल्पा गरि तिन जिल्लाका विद्यालयहरुका २३ जना प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शिक्षा तालिम केन्द्र उपशाखा पाल्पामा सञ्चालन भएको दश दिने प्रधानाध्यापक व्यवस्थापन तथा नेतृत्व क्षमता विकास तालिम निकै प्रभावकारी विद्यालयका प्रधानाध्यापकहरुका लागि उपयोगी र व्यवहारिक र उपयोगी रहेको तालिममा सहभागि नेटा दलिङ्ग माध्यमिक विद्यालय गुल्मीका प्रधानाधयापक यमलाल अर्यालले बताए ।

त्यस्तै तालिमले आफूमा भएका अनुभवहरुको आदान प्रदान विभिन्न विद्यालयहरुले गरेका नमूना र राम्रा प्रयासहरु र भावी दिनमा सुधारको लागि गनुपर्ने योजना निर्माणका साथै आफ्नो कार्य क्षेत्रमा आइपरेका नीतिगत तथा कानूनी समस्याहरु समधान गर्न सहयोग पु¥याएको नेटा दलिङ्ग माध्यमिक विद्यालय गुल्मीका प्रधानाधयापक अर्यालले बताए । गत माघ २४ गतेदेखि शुरु भएको तालिम फागुन ४ गते अर्थात आज सम्पन्न भएको शिक्षा तालिम केन्द्र शाखा पाल्पाका संयोजक नारायण पोखरेलले जानकारी दिए । दश दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा सम्वन्धि बर्तमान नीतिगत व्यवस्था,विद्यार्थी मूल्याङन प्रणाली, स्थानीय पाठ्यक्रम,बालमैत्री विद्यालय र विद्यालय शान्ती क्षेत्र,विद्यालय सुपरीवेक्षण र शिक्षक पेशागत विकास,पेशागत मर्यादा,सदाचार,नैतिकता र जवाफदेहिता,विद्यालय व्यवस्थापन र सिकाइका समसामयिक प्रवृत्ति,शैक्षिक सुचना व्यवस्थापन प्रणाली र विद्यालयको आर्थिक व्यवस्थापन सम्वन्ध लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसी,शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका इकाइ प्रमुख रमेश पौडेल,सामाजिक विकास मन्त्रालय डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्षमण ज्ञवाली,शिक्षा तालिम केन्द्र रुपन्देही शाखा पाल्पाका संयोजक नारायण प्रसाद पोखरेल, प्रशिक्षक गोपालप्रसाद बस्यालले सहजीकरण गरेका थिए । शिक्षा सम्वन्धि व्यवस्था,विद्यालय क्षेत्र विकास योजना दिगो विकासका लक्ष्यमा शिक्षा र विद्यालयको भूमिका लगायतका विषयमा शिक्षा तालिम केन्द्र प्रदेश नं. ५ रुपन्देहीका तालिम प्रमुख यम बहादुर केसीले तालिमको सहजीकरण गरेका थिए । तालिमको सञ्चालन भने तालिम शाखा पाल्पाका संयोजक नारायण प्रसाद पोखरेलले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता