नेपाल सरकारका पुर्व मुख्य सचिव पौडेलको पहलमा गुल्मीमा स्वास्थ्य साम्रागी वितरण



साउन -१ गुल्मी ।

नेपाल सरकारका पुर्व मुख्य सचिव तथा चिनका लागी नेपालका पुर्व राजदुत लिलामणी पौडेलको पहलमा गुल्मीका स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
जिल्लाका १२ वटा स्थानीय तह ,गुल्मी अस्पताल र तीन वटा प्राथमीक स्वास्थ्य केन्द्रलाई मास्क , स्यानीटाइजर , अक्सिजन कन्सट्ेर उपलब्ध भएको छ । जसमा जिल्लाको रुरु क्षेत्र गाउँपालिका , छत्रकोट गाउँपालिका , गुल्मी दरवार गाउँपालिका र रुरु प्राथमीक स्वास्थ्य केन्द्रमा स्वंयम पौडेललेनै हस्तान्तरण गरेका छन् ।
जिल्लाका अन्य स्थानीय तह र स्वास्थ्य संस्थालाई भने जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रदान गरिने छ ।
उनको पहलमा गृह जिल्ला गुल्मीमा एक लाख थान मास्क, एक सय मिलिटिरका चार सय बोतल स्यानीटाइजर र रुरु प्राथमीक स्वास्थ्य केन्द्रको लागी एक वटा अक्सिजन कन्सट्ेर प्राप्त भएको नेकपा माओवादी केन्द्र गुल्मीका सचिवालय सदस्य यदु ज्ञवालीले बताए । त्यस्तै जिल्लाका अन्य तीन वटा स्वास्थ्य संस्थलाई पनि छिट्टै अक्सिजन कन्सट्ेर उपलब्ध हुने उनको भनाई छ ।
स्वास्थ्य साम्रागी प्रदान गदै पौडेलले माक्स र स्यानीटाइजरले कोरोना रोकथाम तथा संक्रमण बाट जोगीन महत्वपुर्ण भुमिका निवार्ह गर्ने बताउदै प्रदान गरिएका स्वास्थ्य सामाग्री नागकरीक स्तर सम्म पुराउन सबैलाई आग्रह गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता