पथरीमा शनिवार भएको ट्रक दुर्घटनामा २ व्याक्ति सहित ५ गोरुको मुत्यु



कुमार खड्का फागुन १७ ।
मोरङको पथरी उर्लावारी सडक खण्ड पूर्व पश्चिम राजमार्गको हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
शनिवार विहान करिव ६ वजेको समयमा भएको सो दुर्घटनमा पश्चि बाट पुर्व जादै गरेको प्रदेश न १–०२–००१–ख ८०९१ नम्वरको ट्रकले सोही दिशा जादै गरेको ना ८ ख ६७ नम्वरको ट्रकलाई पछाडी बाट ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रकका चालक जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्वर ११ वस्ने वर्ष २८ को अजय अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । भने ट्रकका सहचालक भरतपुर महानगर पालिका वडा न ११ वर्ष ३० अंकित जियन गम्भिर घाईते भएका थिए ।
घाईतेको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको टा«फिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।


घटना स्थलमै मृत्यु भएका ट्रकका चालकको शव उर्लावारी मंगलवारेको मंगलवारे अस्पतलामा पोष्टर्माटमका लागि लगीएको छ भने सह चालकको शव पनि मंगलवारे नै तयारी भईरहेको टा«फिक प्रहरीले जनाएको छ ।

यता ठक्कर खाने ट्रकमा भने समान्य क्षति पुगेको छ सोही ट्रकका रहेका २८ वटा गोरुहरु मध्ये ५ वटा गोरुको पनि दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक सर्लाही जिल्ला हरिवन नगरपालिका वडा ७ वस्ने वर्ष ३४ का हिरोदनराग बन्जन लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ दुर्घटना अत्याधिक तिव्र गतिका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता