ने.क.पा. माओबादी केन्द्र मालिका काठमाडौ सम्पर्क समन्वय समितिको भेला सम्पन्न

असार ७ कमल राज पुरी ।
काठमाडौ
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र मालिका काठमाडौ सम्पर्क समन्वय समिति गुल्मीको भेला सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्र गुल्मी काठमाडौ सम्पर्क समन्वय समिति क्षेत्रिय उपाध्यक्ष कमल पुरीको अध्यक्षतामा सम्पन्न भेलामा पाटीका गुल्मी जिल्ला पुर्व इन्चार्ज तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसी प्रमुख अतिथि रहनुभएको थियो ।
शनिवार काठमाडौको गोँगबुँमा सम्पन्न भेलाको अतिथिहरुमा सागर के.सी. प्रदेश सम्पर्क समन्वय समिति सदस्य बिमल खनाल ,गुल्मी काठमाडौ सम्पर्क समन्य समितिका अध्यक्ष सन्दिप भट्टराई , नेपाल कपडा तथा सिलाई व्यवसायी महासँघ सुचना तथा सञ्चार समिति सचिव बासुदेब पौडयाल,पाटीको गुल्मी काठमाडौ सम्पर्क समन्वय समिति उपाध्यक्ष शिव खडका लगायत रहनुभएको थियो ।
उक्त भेलाले प्रमोद गिरीको नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष प्रमोद गिरी,उपाध्यक्ष दुर्गा बि.क. ,सचिव एलिसा घिमिरे,सह सचिव गिरु बिश्वकर्मा,कोषाध्यक्ष गोमा मगर, सदस्यहरु विपिन महतरा ,माधव केसी,गोमा भट्टराई,दिवश भण्डारी,बिष्णु खडका,लेखनाथ अर्याल,गोकर्ण घर्ती माधव थापा रहेका छन । कार्यक्रमको सञ्चालन गुल्मी काठमाडौ सम्पर्क समन्वय समिति सचिव अशोक खडकाले गर्नुभएको थियो । असार २१ गते समग्र गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिलाई भव्य रुपमा गर्नका लागि तयारी भइरहेको अशोक खडकाले जानकारी दिनुभएको छ ।।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।