धुर्कोटमा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु



माघ -१५ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिकामा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले उद्घाटन गरेका हुन । उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले स्वास्थ्य,राष्ट्र र अनुशासनका लागी ब्याडमिन्टन खेल भएको बताए ।
शनिबार देखी सुरु भएको प्रतियोगितामा वडा भित्रका १६ वटा समुहको सहभागिता रहेको थियो भने आज पहिलो दिन १० वटा समुह बाहिरिएका छन । बाकी रहेका ६ समुह बिच सेमिफाइनल तथा फाइनलका खेल भोली हुने धुर्कोट गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमश: पन्ध्र हजार,दश हजार ,पाँच हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
गाउँमै ब्याडमिन्टन खेल खेल्नको लागी सुविधा सम्पन्न कभर्डहल निर्माण हुनुका साथै प्रतियोगिता समेत आयोजना भए पछि खेलप्रेमीहरु खुसि भएको स्थानीय खेलप्रेमी पुष्कर खड्काले बताए ।

ब्याडमिन्टन खेल र खेलाडीको बृहत्तर विकासका लागी धुर्कोट गाउँपालिकाले जिल्लामै पहिलो पटक ६० लाखको लगानीमा कभर्डहलको निर्माण गरेको छ ।ब्याडमिन्टन प्रतियोगितामा धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिव खत्री, जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष मनोज काउछा,ब्याडमिन्टन संघ गुल्मीका निर्वतमान अध्यक्ष महेश काउछा , जनप्रतिनिधी, खेलपे्रमी लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता