धुर्कोटमा उपहार समुहलाई १४ वटा बीउ पाठी उपहार प्रदान



बासुदेव पोख्रेल ,असोज १८ गुल्मी ।

धुर्कोट गाउँपालिका ३ हाडहाडेको मूल समूहले एक उपहार समुहलाई १४ वटा बीउ पाठी उपहार प्रदान गरेको छ। भोकालाई एक छाक भोजन होइन जिउने जु सिकाऊ भन्ने मूल मन्त्रका साथ धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित बाख्रा उद्यम परियोजना अन्तर्गत धुर्कोट गाउँपालिका वडा नं ०३ हाडहाडे ,वर्दबासमा रहेको मूल समूहले मखमली महिला उद्यम समुहले सिमालारुख महिला उद्यम समुहलाई १४ वटा बीउ पाठी उपहार प्रदान गरेको हो ।

धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीको प्रमुख आतिथ्यतामा १४ वटा बिउ पाठी उपहार प्रदान गरिएको हो। प्रमुख अतिथि उपाध्यक्ष खत्रीले स्वदेशमा रोजगारीको अवसर भएन भनिरहेको बेलामा धुर्कोट गाउँपालिकामा सञ्चालित वाख्रा उद्यम परियोजनाले व्यवसायीक बनाएको बताउनुभयो अब किसानहरुमा जागर मात्र भए हुन्छ समस्याको समधान गर्ने गाउँपालिका तयार छ ।

कार्यक्रम मखमली महिला उद्यम समूहकी उपाध्यक्ष निर्मला पन्थीको अध्यक्षता,धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले प्रमुख आतिथ्यता ,वडा अध्यक्ष विस्नु बहादुर थापा श्रीसको विशेष आतिथ्यता ,वडा सदस्य काशीराम पन्थी,वडा सदस्य कमला सुनार ,परियोजना संयोजक शंकर नेपाली पशु प्राविधिक गणेश थापा ,परियोजनाका सामुदायिक सहजकर्ता लक्ष्मण सुनार, पत्रकार बासुदेव पोखरेल समाजसेवी यम बहादुर कुँवर,राम कुमार विष्ट,हाडहाडे सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष विष्णु कुमारी काउछा वडा नं ३ का मूल र उपहार समूहका अध्यक्ष मानकुमारी श्रीस,थुमा सुनार ,मिना बस्नेत,कमला थापा,सिता जिसी, शुष्मा बोहोरा, अस्मिता विक,यमकला सामत, लगायको आतिथ्यता रहेको थियो।
समूहकी कोषाध्यक्ष राधा थापा खत्रिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव कमला कुँवरले गर्नुभएको थियो।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता