धुर्कोटका चुनावी बाचा पुरा हुदैं :वस्तु सहित ६ वटा वडा खरका छाना मुक्त वडा घोषणा



असार २६ गूल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिकाको वडा नम्वर पाँच वस्तुलाई खरका छाना मुक्त वडा घोषणा गरिएको छ ।
शनिबार गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले वडालाई प्रमाणपत्र प्रदान गदै खरका छाना मुक्त वडा घोषणा गरेका हुन ।
खरका छाना मुक्त अभियान अन्र्तगत ६७ घर परिवारलाई जस्ता पाता प्रदान गरिएको थियो ।
जसमा नागरिक सुरक्षित आवास कार्यक्रम बाट १९ ,जनता आवास कार्यक्रम बाट २ वटा घरलाई जस्ता पाता प्रदान गरिएको थियो । भने अन्य घरपरिवारलाई गाउँपालिकाले जस्ता पाता प्रदान गरेको थियो ।

आज खरका छाना मुक्त वडा घोषण गदै गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले यो अभियानमा खट्ने वडा तथा सम्पुर्णलाई धन्यवाद व्यक्त गदै चुनावी बाचाहरु पुरा हुदै गएको प्रतिक्रिया दिएका छन् ।

गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने चुनावी प्रतिबद्धता थियो भने निवार्चीत भैइसकेपछिको पहिलो बैठकले पनि खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको थियो ।
आफुहरुको योजना यसै वर्ष सफल हुने बताउदै केही दिन भित्र धुर्कोट गाउँपालिकाकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गरिने अध्यक्ष पोख्रेलले बताए । त्यस्तै अहिले सम्म गाउँपालिकाका वडा नम्वर १,२,४ ,६ र ७ नम्वर वडा खरका छाना मुक्त वडा घोषणा भैसकेको गाउँपालिकाका उपाध्यक्ष शिव केसीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी , वडा अध्यक्ष ढुणीराज भण्डारी , जनप्रतिनिधि स्थानीय लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता