तातोपानी भन्सारको राजश्व नेपाल बंगलादेश बैंकमार्फत संकलन हुने

नेपाल बङ्गलादेश बैंक र सिन्धुपाल्चोकको तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालयबीच सरकारी कारोबार गर्नेगरी सम्झौता भएको छ।
उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैकले बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोल्नेछ। सो काउन्टरबाट सरकारी कारोबारअन्तर्गत भन्सार कार्यालयकाे राजस्व संकलन हुनेछ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।