चन्दा उठाएर बुबाको किरिया गदै गरेका बालकलाई नेता जिसि द्वारा ३५ हजार सहयोग



डिबि खड्का फागुन २१ ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर सातको एक पीडित परिवारलाई नेकपाका नेता बुद्धि जिसिले आर्थिक सहयोग गरेका छ्न ।

लामो समय सम्म मृगौला फेल रोग बाट पीडित भैई मृत्यु भएका राम बहादुर खड्काको परिवारलाई मंगलवार घरमै पुगि ३५ हजार रकम प्रदान गरिएको हो ।
खड्का परिवारको आर्थिक अबस्था अत्यन्तै कम्जोर हुँदा काजकिरिया गर्नेको निम्ति आर्यघाट बाटै सहयोग सङ्कन गर्ने थालेको स्थानीयले बताए ।

खड्काको परिवारमा ८ छोरी १ छोरा रहेका छन । दैनिक ज्यालामजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका परिवारले अभिभावक गुमाउदा थप समस्या परेको छ । साथै परिवारले सबैमा सहयोगको अपिल समेत गरेको छ ।

यता नेपाल कम्युनिस्ट पाटीका नेता तथासमजासेवी बुद्धि जिसिले सबैलाई सहयोग गर्ने आग्रह गरेका छन । मंगलवार रकम हस्तान्तरण कार्यक्रम बोल्दै उनले सबै माझा आर्थिक सहयोगको अपिल गरेका हुन । मृतकको परिवारलाई राहात स्वरुप दुखेको घाउमा मलम लगाउन र केही क्रिया खर्चको लागी आफुले रकम प्रदान गरेको उनको भनाई रहेको छ ।


मदाने गाँउ पालिका वडा नम्वर सात भनभने नेता जिसीको जन्मथलो समेत हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता