गुल्मीमा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन



अनिल खत्री- १० कात्तिक, गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम शुरु भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुम गुल्मीको सहआयोजनामा समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुरु भएको हो ।
नगर प्रमुख भुसालले विपद् जतिबेला पनि हुने भएकाले क्षति कम गर्न तालिमको आयोजना गरिएको बताए । उनले तालिम लिने र त्यसलाई व्यवहारमा उतार्न सके विपद् न्यूनीकरण गर्न सकिने बताए ।

तालिममा सहआयोजक संग्राम शार्दुल गुल्म धागिथुमबाट खटिएका तालिमप्राप्त नेपाली सेना प्रशिक्षकहरुले सेनाबाट सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गर्नेछन् । तालिममा विपद्, उद्धार, विपद्मा प्राथामिक उपचार, बाढीपहिरो, आगो, डढेलो नियन्त्रण भूकम्प लगायतका बारेमा जानकारी गराइनेछ ।

नगरप्रहरी र स्थानीयलाई सम्भावित विपद् जोखिमका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । तालिमको नगर प्रमुख डिल्लीराज भुसालले बुधबार शुभारम्भ गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता