गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु !



२५ वैशाख, गुल्मी ।

गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ निवासी ४९ वर्षका ज्ञानकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० भीमबहादुर दाहालले बताए ।

आइतबार दिउँसो बाख्रा चराउन र माछा मार्न गएका कुमाल छल्दी खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको छ । स्रोत अन्लाईन खबर

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता