गुल्मीमा मदिरा सेवन गरी सवारी दुर्घटना पार्ने चालक विरुद्ध सार्वजनिक मुद्दा दर्ता !

पुस -१४ गुल्मी ।
मदिरा सेवन गरि सवारी चलाउने चालक विरुद्ध गुल्मी प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर तीनका २६ वर्षीय कृष्ण बहादुर थापा विरुद्ध सार्वजनिक उपद्रायाई शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपाल चन्द्र भट्टराईले बताए ।
थापाले गएको पुस १२ गते मदिरा सेवन गरी सवारी चलाउदा जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ मा सवारी दुर्घटना भएको थियो ।
अर्घाखाँचीको सन्धिखर्क देखी गुल्मीको भेडुवा तर्फ जादै गरेको लु १ ज ४३५२ नम्बरको जिप दुर्घटना हुँदा सडक किनारमा रहेको भुपाल थापाको घरमा क्षती पुगेको थियो भने जिपमा रहेका ५ जना यात्रु शकुशल रहेका थिए ।
सवारी चालक कृष्ण बहादुर थापालाई पुस १२ गते पक्राउ गरिएको र बुधबार आज सार्वजनिक मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।