गुल्मीको पौदीअमराईमा ग्लोबल आइएमईको पाँचौ शाखा रहित बंैकिङ्ग सेवाको शुभारम्भ



कौरव खत्रीगुल्मी २३ साउन ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदीमराईमा ग्लोबल आइएमई बैंक लि.वामी शाखाद्धारा आफ्नो पाँचौ शाखा रहित बंैकिङ्ग सेवा विस्तार गरेको छ ।

बिहिवार ग्लोवल आइएमइ बैङको शाखा रहित बंैकिङ्ग सेवाको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले ग्लोवल आइएमइको शाखा रहित बंैकिङ्ग सेवा विस्तारले यस क्षेत्रका आम सर्वसाधारणलाई बंैकिङ्ग सेवामा थप सहजता थपेको बताए ।

साथै नगरप्रमुख सापकोटाले ग्लोबल आइएमई बैंक लि.वामी शाखाले ग्रामिण इलाकामा बैङको विकास र विस्तार गरेकोमा ग्लोबल आइएमई बैंक लि.वामी शाखालाई धन्यबाद दिए ।

ग्लोवल आइएमइ बैङ वामी शाखाले मुसिकोट नगरपालिका वडा नं. १ पौदीअमराईमा पाँचौ शाखा रहित बंैकिङ्ग सेवा बिहिवार देखि शुभारम्भ गरेको छ ।

ग्लोबल आइएमई बैंक लि. वामी शाखाले पौदीअमराईमा शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेसँगै यस क्षेत्रका आम सर्वसाधरण जनताहरुलाई आफ्नो घर नजिकैबाट आर्थिक कारोवारमा थप सहजता भएको ग्लोवल आइएमइ बैंक वामी शाखा प्रवन्धक माधव उपाध्यायले जानकारी दिए ।

उक्क्त शाखा रहित बंैकिङ्ग सेवाबाट बैङको खाता खोल्न, रकम बचत गर्ने तथा झिक्न रकमको जानकारी लिन र अन्य शाखाहरुमा रकम पठाउन विदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था रहेको ग्लोवल आइएमइ बैंक वामी शाखा प्रबन्धक उपाध्यायले जानकारी दिए ।

उक्क्त शाखा रहित बैकिङ सेवाबाट दैनिक रुपमा ग्लोवल आइएमइ बैंक शाखा सरह नै सेवा उपलव्ध हुने प्रवन्धक उपाध्यायले जानकारी दिए ।

साथै प्रवन्धक उपाध्यायले भने शाखा रहित बैकिङ सेवा सुचारु भएपछि विशेष गरि वृद्ध वृद्धाहरुलाई आफ्नो घर नजिकै पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा अन्र्तगतको वृद्धा भत्ता वितरण लगायतका बैकिङ सेवाले स्थानीय नागरिकहरुलाई थप सहजता प्रदान गरेको छ भने स्थानीय नागरिकहरुको आवश्यकता र माग अनुसार शाखा रहित बैकिङ सेवा अझ विस्तार गर्न सकिने प्रवन्धक उपाध्यायले बताए । ग्लोवल आइएमइ बैंक वामी शाखाले गुल्मी अन्तर्गत मुसिकोट नगरपालिका भित्रका भुवाचिदी,आपचौर,बडागाँउ, पौदीअमराई र बाग्लुङ्गको भिमगिठे गरि ५ स्थानमा ग्लोवल आइएमइ बैंक वामी शाखाले आफ्नो शाखा रहित बैकिङ सेवालाई विस्तार गरेको छ ।

साथै देशभर ग्लोवल आइएमइ बैंक लि.ले १सय,७९ वटा शाखा रहित बैकिङ सेवा विस्तार गरेको प्रवन्धक उपाध्यायले जानकारी दिए ।

कार्यक्रम ग्लोबल आइएमइ बैंक वामी शाखा प्रवन्धक माधव उपाध्यायको अध्यक्षता र मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ग्लोबल आइएमइ बैंकका व्यवसायिक प्रतिनिधि गंगा श्रेष्ठको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमकोसञ्चालन भने ग्लोबल आइएमइ बैंक वामी शाखा सह–प्रवन्धक बुद्धमणि खरालले गरेका थिए ।साथै पहिलो दिन केही सर्वसाधरणहरुले नँया खाता खोलेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता