गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला !



साउन- १४ गुल्मी ।

गुल्मीको छल्दी खोलामा शनिवार पुरुषको शव फेला परेको छ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ५ गान्टारीस्थित छल्दी खोलाको किनारमा इश्मा गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शवको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। स्रोत थाहाखबर

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता