गाउँ फर्किदै रुरुक्षेत्रका नागरिक
![](https://i0.wp.com/gulmiupdate.com/wp-content/uploads/2025/02/IMG_20250208_184002.jpg?fit=1080%2C498&ssl=1)
माघ २६ गुल्मी ।
पछिल्लो समय विकास गाउँ पस्यो नागरिक शहर पसे भन्ने युक्ति निकै चर्चित छ । तर गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा भने यो युक्तिको विपरीत हुन थालेको छ । रुरुक्षेत्रका नागरिक पछिल्लो समय आफ्नै गाउँ- ठाउँमा फर्किन थालेका छन् ।
गाउँमै विकासको अनुभुती र जन्मथलोको मायाले नागरिकहरु गाउँ फर्किन लागेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।
विगत ३६ वर्ष देखि बुटवल बस्दै आएका रुरुक्षेत्र -३ का राम प्रसाद पोखरेल ,शङ्खर ज्ञवाली र अर्जुन पोखरेल गाउँ फर्की घर बनाउन सुरु गरेका छन् ।
रुरुक्षेत्रमा आधारभुत विकास खानेपानी, विधुत ,शिक्षा ,स्वास्थ्य ,सडक संगै कृषि र पशुपालन क्षेत्रमा विकास भएको हुँदा गाउँ छोडेकालाई फर्किन अध्यक्ष ज्ञवालीले आग्रह समेत गरेका छन । अध्यक्ष ज्ञवालीले सामाजिक सञ्जाल मार्फत गाउँको परिवेश ,संस्कार , संस्कृती सिकाउन पुर्खा जन्मेको आफ्नो माटो नभुल्न समेत अपिल गरेका छन् ।
गाउँ फर्की आउनेलाई अनुदान ,सहुलियत तथा विभिन्न प्रोत्साहनका कार्यक्रम अघि बढाउने योजना गाउँपालिकाको रहेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।