कोरोना विरुद्धको खोप अभियान : गुल्मीमा ३१५ जनाले खोप लगाए



माघ -१७ गुल्मी । कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान अन्र्तगत गुल्मीमा आज तेस्रो दिन सम्म आइपुग्दा तीन सय १५ जनाले खोप लगाएका छन् ।

आज तेस्रो दिन एक सय २७ जना स्वास्थ्यकर्मीले खोप लगाएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपती आर्चायले जानकारी दिए ।

शनिवार तेस्रो दिन जिल्लाको रेसुंगा नगरपालिका , गुल्मीदरवार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका र धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मीले खोप लगाएका हुन्  ।

विहिवार देखी सुरु भएको खोप अभियानमा पहिलो दिन एक सय एक र दोस्रो दिन ८७ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए । माघ २४ गते सम्म चल्ने खोप अभियानमा जिल्लाका झण्डै दुइ हजार भन्दा बढी स्वास्थ्यकर्मी तथा स्यंमसेवीकालाई खोप प्रदान गरिने छ ।

गुल्मीको लागी ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता