क्रिकेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !



चैत ६ गुल्मी ।
१९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाल गृह जिल्ला गुल्मीमा नगद सहित सम्मानित भएका छन् ।
उनलाई आइतबार छत्रकोट गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।  क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको र आगामी दिनमा खेल प्रती थप हौसला बढोस भनेर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए ।

स्थानीय सरकारले अभिभावकको भुमिका निर्वाह गर्दै खेलको सम्मान र खेलाडीको प्रोत्साहनको लागि सम्मान गरेको अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

साथै छत्रकोट गाउँपालिकाले पनि खेल र खेलाडीको उत्पादन तथा प्रबर्द्धनको लागि विभिन्न किसिमका प्रतियोगिताको आयोजना गर्दै आएको उल्लेख गरे ।

छत्रकोट गाउँपालिका ५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू-१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै उनले कुबेत विरुद्ध सतक समेत प्रहार गरेका थिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता