इस्माका शिक्षकलाई आँखा स्वास्थ्य शिक्षा सचेतना



पुस -२३ गुल्मी ।

इस्मा गाउँपालिकाका शिक्षकहरुलाई आँखा स्वास्थ्य शिक्षा सचेतना कक्षा संचालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र गुल्मीको आयोजना तथा इस्मा गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । इस्मा गाउँपालिकाका प्राथमिक बिद्यालय र वालविकास केन्द्रका शिक्षकहरुलाई आँखाको सुरक्षा, कम्जोरी र उपचार बिधिका बारेमा जानकारी गराइएको थियो ।

पुस मसान्तसम्म शिक्षकहरुले बालबालिकाको आँखाको सामान्य दृष्टि पत्ता लगाएर उपचार प्रक्रिया अगाडी बढाउने उदेश्य गाउँपालिकाको रहेको छ । कार्यक्रममा मुख्य सहजकर्ता नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेत र सन्तोष सुवेदीले शिक्षकलाई आँखा सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मानिसको आँखा महत्वपूर्ण र संवेदनशिल अंग भएकाले सामान्य समस्या बेलैमा पहिचान नहुँदा भविष्यमा हुने जोखिमको न्यूनिकरण गर्न सचेतना र उपचारको कार्यक्रम अगाडी बढाइएको बताए । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महत, शिक्षा शाखा प्रमुख लाल बहादुर कुवंर लगायतको उपस्थिती रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता