अर्जै स्वास्थ्य चौकीलाई रेडक्रस द्धारा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री प्रदान



साउन -७ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -६ अर्जैमा रहेको अर्जै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।
नेपाल रेडक्रस सोसाईटी काठमाडौंले एक वटा अक्सिजन कन्सन्ट्रेटर सहित सात सय थान माक्स प्रदान गरेको छ ।
बिहिबार नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय महामन्त्री पिताम्वर अर्यालले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा त्यस वडाका वडा अध्यक्ष शोभाखर गिरीलाई हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य सामाग्री ग्रहरण गदै अध्यक्ष गिरीले नेपाल रेडक्रस सोसाईटीलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त स्वास्थ्य सामाग्रीको सहि सदुपयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय महामन्त्री पिताम्वर अर्यालले आगमी दिनमा पनि थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने बचन समेत दिएका छन् ।
प्राप्त भएका स्वास्थ्य सामाग्रीले कोभिड विरुद्धको लडाई लड्न थप मद्धत पुग्ने स्वास्थ्य चौकीका प्रमुख खिमराज पोख्रेलले बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी अर्जे उपशाखाका अध्यक्ष नेत्र अर्याल , समाजसेवी शेर बहादुर केसी लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता