सामुदायिक रेडियो स्काई द्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान !



बैशाख १ गुल्मी ।
जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो स्काई ९०.४ मेघाहर्जले नंया वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन संगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज रेडियोको सभाहलामा रेडियोले प्रकाशन गरेको भित्तेपात्रोको विमोचन संगै शुभकामना आदानप्रदान गरिएको हो ।
भित्तेपात्रोको रेडियो सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थी सहित अन्य पदाधिकारी र नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका हुन ।
भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष टोपलाल अर्यालले सामुदायिक रेडियो स्काईले सञ्चार क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए । साथै आफुले रेडियो स्काईमा काम गरेको स्मरण गर्दै रेडियोलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । त्यस्तै पत्रकारहरुको क्षमता विकासको लागी तालीमको आयोजना तथा समानुपातिक विज्ञापन प्रणालीको लागी सबै संग पहल थालिएको बताए ।
त्यस्तै रेडियो सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थीले रेडियोले सञ्चार क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै जिल्लामा अब्बल सञ्चारकर्मी स्थापित गर्न रेडियोको भुमिका ठुलो रहेको बताए ।
भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो सञ्चालक समितिका उपाध्यक्ष हरी बहादुर खत्री,सचीव गोबिन्द गौतम ,सदस्य यज्ञ प्रसाद पन्थी रेडियोमा कार्यरत सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता