शाइन रेसुङ्गा बैंक खैरेनी शाखा द्वारा महायज्ञलाई आर्थिक सहयोग



जेठ २६ गुल्मी ।
सत्यवती गाउँपालिका ६ स्थित वैष्णदेवी मन्दिर व्यवस्थापन समितीले आयोजना गरेको विश्व शान्ति प्रथम भागवत ज्ञान महायज्ञलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक खैरेनी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
बिहीवार शाखा प्रबन्धक भुवन श्रेष्ठ सहितको टोली महायज्ञ स्थलमै पुगेर ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आर्थिक सहयोग प्रदान गरेको श्रेष्ठ जानकारी दिए । त्यस्तै खैरेनी शाखामा कार्यरत बैंकका कर्मचारीले व्याक्तिगत रुपमा एकमुष्ट दुई हजार एक सय ५५ आर्थिक सहयोग पनि उपलब्ध गराएका छन ।
विश्व शान्तिको लागी सञ्चालन गरिएको महायज्ञलाई सफल बनाउन आफ्नो तर्फ बाट थोरै भए नि आर्थिक सहयोग गर्ने हेतुले सहयोग गरेको शाखा प्रबन्धक भुवन श्रेष्ठले बताए ।
जेठ २१ गते देखी सञ्चालन गरिको भागवत ज्ञान महायज्ञ जेठ २९ गते सम्म चल्ने छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता