विभिन्न पदमा उम्मेदवारी दिएका गुल्मीका ९२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए !



अनिल खत्री

बैशाख १७ गुल्मी ।

गुल्मी जिल्लामा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जनाले मनोनयन फिर्ता लिएका छन् ।

जिल्लामा कुल उम्मेदवार एक हजार ३२५ मध्ये विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जसमध्ये गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका ७३ जनामध्ये १३ जनाले उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन । १२ जना गाउँ नगरपालिका अध्यक्ष पदका लागि अब ६० जना उम्मेदवार मात्रै बनेका छन् ।

गाउँपालिका उपाध्यक्ष पदमा ५१ जनाले उम्मेदवारी दिएकोमा ९ जनाले उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिएका छन् । मनोनयन दर्ता फिर्ता लिएपछि ४२ जना उम्मेदवार उपाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका ३४३ जनामध्ये ४६ जनाले उम्मेदवारी दर्ता फिर्ता लिएको निर्वाचन अधिकृत कुँवरले बताइन् । ९३ जना वडाअध्यक्ष पदका लागि २९७ जनाको उम्मेदवारी रहेको छ । १२ वटा स्थानीय तह रहेको गुल्मी ४ सय ८९ पदका लागि १२४३ जनाको उम्मेवारी परेको छ । स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।

निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता