विद्यालय व्यवस्थापन समितिको निर्णय रेसुङ्गा नगरपालिकाद्धारा खारेज



हुमाकान्त पोखरेल ,गुल्मी,१२ भदौ ।

रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति बैठकको निर्णय रेसुङ्गा नगरपालिकाले खारेज गरेको छ ।समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको हो । ९ गते बसेको बैठकले प्रध्यानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले उक्त निर्णय खारेज गरेको हो ।

निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशर बहादुर थापालाई नियुक्त गरिएको छ । ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए ।
उक्त उजुरीमाथि छलफल गर्दै नगरपालकाले विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गर्दै थापालाई नै प्रःअ बनाउने निर्णय गरेको हो ।
नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ ।
छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ बर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ ।
तर सो नियमबिपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको नगरप्रमुख डिल्लिराज भुसालले जानकारी दिए ।अल्पमतको निर्णय, दुईजना प्र।अ।
महेन्द्र नमुना माविमा शिक्षक प्रतिनिधिसहित कुल ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति छ । कुनै पनि व्यवस्थापन समितिमा प्रध्यानाध्यापक नियुक्त गर्दा बहुमत अनिवार्य हुनुपर्छ ।उक्त निर्णयमा प्रअ हुने व्यक्तिले गरेको हस्ताक्षर मान्य हुँदैन । तर ९ गतेको बैठकमा विद्यालयका प्रध्यानाध्यापक थापा विदामा थिए । शिक्षक प्रतिनिधिको रुपमा ज्ञवालीले नै हस्ताक्षर गरे र अध्यक्षसहित पाचँ जनाको बहुमत बनाई ज्ञवाली प्रध्यानाध्यापक बने ।

अर्का प्रध्यानाध्यापक विदामा भएकोले उनले पनि राजिनामा दिएका थिएनन् । त्यसकारण महेन्द्र नमुना माविमा केहि समयसम्म थापा र ज्ञवाली गरी दुईजना नै प्र।अ। रहे । ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउदा समितिमा उपस्थित अन्य तीन जना सदस्यले बैठक नै बहिस्कार गरेका थिए ।
पछि व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थी, सदस्य अखिलेश्वर प्रसाद पाण्डे, घनश्याम पाण्डे र पार्वती गौतमले हस्ताक्षर गरी ज्ञवालीलाई प्र।अ। बनाएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थीले नगरपालिकाले हस्तक्षेप गरी निर्णय खारेज गरेको बताए ।
नियमसङ्गत ढङ्गले प्रध्यानाध्यापक नियुक्त गरेपनि नगरपालिकाले स्वीकार नगरेको उनको भनाई छ । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले बैठकको निर्णय कानुनविपरित भएकोले खारेज गरीएको प्रतिक्रिया दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता