विज्ञप्ती जारी गर्दै भष्ट्रचार र अनियमितता ढाकछोप गर्दै !



सन्तोष महतारा-गुल्मी, ०४ भदौ ।

गुल्मीका स्थानीय सरकारहरु विभिन्न विकासका योजना तथा विकासका अभियानमा अनियमितता गर्दै आइरहेका छन् । यसको पछिल्ला उदाहरण मालिका गाउँपालिका वडा नम्बर ८ मा पूर्ण सरसफाईयुक्त वडा घोषणा अभियानमा कामै नगरी घोषणा गर्न लागिएको बिषय हो ।

पूर्ण सरसफाई हुनका लागि चर्पीको प्रयोग, व्याक्तिगत स्वच्छता, हात धुने स्थान, खानेपानीको सुरक्षा, खानाको स्वाच्छता तथा सुरक्षा र घर तथा आँगनको सरसफाइ गरी ६ वटा सूचक रहेका छन् । तर, गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गमा संचालन गरिएको पूर्ण सरसफाई अभियानमा यी सबै प्रकारका सूचकलाई लत्याएर काम नगरी हचुवाको भरमा घोषणको तयारी गरिएको बिषयमा स्थानीयले गुनासो गरेपछि वडा नम्बर ८ मर्भुङ्ग र मर्भुङ्ग स्वास्थ्यचौकीले संयुक्त बिज्ञप्ती जारी गरि आफुहरुले गरेको अनियमितताको ढाकछोप गरेका छन् ।

स्थानीयले गुनासो गरेपछि विभिन्न अनलाईनमा काम भएको वा नभएको खुलाएर समाचार आएपनि अस्पष्ट विज्ञप्ती जारी गरी वडाले नै अनियमितता गर्न हौसला दिइरहेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय पुनम अर्यालले यस कार्यक्रम सम्बन्धि आफुलाई केही पनि जानकारी नभएको बताइन् । थम्मन सुनार नाम गरेका एक ब्याक्तिले क्यालेण्डर जस्तो पोष्टर ल्याएर एकपटक आफ्नो घरमा टाँसिदिएको भन्दै स्थानीय अर्यालले कार्यक्रमको बजेट सम्बन्धमा पनि केही जानकारी नभएको प्रतिक्रिया दिइन् । तर यस कार्यक्रममा प्रत्येक घरमा गएर ६ वटा सूचकलाई आधार मानेर प्रत्येक सूचकमा सबै घर अब्बल भएपछि पूर्ण सरसफाई भएको मानिने बताइएको छ ।

 

 

सुआहारा नामक गैर सहकारी संस्थासँगको समन्वयमा १० लाख रुपैयाँ केन्द्रको बजेटमा सुरु गरिएको यस अभियानमा अपारदर्शिता देखिएपछि स्थानीयले गुनासो गरेपछि वडा नम्बर ८ का वडाध्यक्ष टिका बहादुर जिसी र मर्भुङ्ग स्वास्थ्य चौकीका प्रमुख शुशिल अर्यालले गाउँपालिकाबाट स्विकृत भई १० लाख मध्येबाट सोही अनुसार कार्यक्रम सम्पन्न भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनीहरुले स्थानीयको गुनासोलाई भ्रामक तथा तथ्यहिन भन्दै खेद प्रकट गर्दछौँ भनेका छन् ।

तर, उनीहरुले विज्ञप्तीमा १० लाख रुपैयाँ बजेटबाट वडामा गरिएका काम र खर्चबारे केही लेखेका छैनन् । यसरी अष्पस्ट विज्ञप्ती जारी गरी अनियमिताताको ढाकछोप गर्न लागेको स्थानीय कृष्ण अर्यालले आरोप लगाए । आफ्नो घरमा आएर एउटा पोष्टर मात्र टाँसेको भन्दै त्यो बाहेक वडामा केही काम भएको आफुले नदेखेको स्थानीय अर्यालले बताए ।

तर, मर्भुङ्ग स्वास्थ्य चौकीका प्रमुख सुशिल अर्यालले अनियमितताको ढाकछोप गर्न नखोजेको भन्दै विज्ञप्तीमा सबै खुलाउन सम्भव नभएको प्रतिक्रिय दिए । आवश्यक परेमा गाउँपालिकामा गएर सबै कागजमात्र हेर्न सकिने उनले बताए । कागजी प्रक्रिया पूरा गरेर काम नगरी बजेट भुक्तान गर्नु भयो ? भन्ने प्रश्नमा स्वास्थ्य चौकीका प्रमुख अर्यालले काम नगरी कागजपत्र नबन्ने प्रतिक्रिया दिए । यसअघि मुसिकोट नगरपालिकाको वडा नम्बर २ मा जनप्रतिनिधिले गरेको अनियमितताको बिषयमा पनि विज्ञप्ती जारी गरी जनप्रतिनिधि उम्किएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता