रिडिमा निर्माणधिन तिनमुखे पुलको नब्बे प्रतिशत काम सकियो !



भदौ -५ गुल्मी ।

नेपालकै धार्मिक तथा पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएको प्रसिद्ध रुरुधाममा निर्माणाधीन तिनमुखे पुलको नव्वे प्रतिशत काम सम्पन्न भएको छ ।
चार वर्ष अगाडि रुरुक्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थप्नेगरि निर्माण कार्य शुरु गरिएको यो पुल विभिन्न आरोह अवरोह पार गर्दै अव करिव करिव सम्पन्न हुने अवस्थामा पुगेको हो ।
यो पुल निर्माण भए सँगै तीन जिल्ला गुल्मी पाल्पा र स्याङ्जा साथै लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने छ ।

यतिवेला बिचको टावरवाट लुट्ठा टाँग्ने काम जोडतोडले भईरहेको छ । पाल्पा र गुल्मी तिर लुट्ठा टाग्ने काम अन्तिम अवस्थामा छ भने काली गण्डकी नदिमा जलस्तर र अभाव अत्यधिक रहेकाले स्याङ्जा तर्फ लठ्ठा टाँग्ने काममा केही ढिलाई भएको तिनमुखे पुलको निर्माण कार्य हेरिरहनु भएका सुपरवाईजर उजिर खानले बताएका छन् । कुल ५ सय चालिस मिटर लम्बाई रहेको पुलको तीन तिरका भागको लम्बाई १ सय असि मिटर रहेको बताईन्छ ।

सम्झौता अनुसार २०७४ असार मसान्तमा काम सक्नु पर्ने भएपनि विविध कारणले काम लम्विएको र अव एक दुई महिनामै पुलको काम सकिने सुपरवाईजर खानले बताए ।

काम भईरहँदा कालिगण्डकी नदिको पानीको बाहव बढिरहेको र बाढिका कारण निर्माण कम्पनीका सामानहरु बगाउँदा निर्माण कम्पनि नयाँबाटो रुबिना निर्माण कम्पनीले क्षति समेत भोगेको छ ।
कुल साढे नौ करोडको लागत रहेको यो पुलको निर्माण सँगै रुरुक्षेत्र भित्रका स्याङ्जा गुल्मी र पाल्पाका धार्मिक क्षेत्रमा पुग्न सहज हुने मात्र होईन रुरुक्षेत्र भित्रको धार्मीक पर्यटनमा विशेष महत्व राख्ने देखिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता