मालिका गाउँपालिकाले माग्यो नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि सुझाव



जेठ २६ गुल्मी ।

मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति ,कार्यक्रम तथा बजेट निर्माणको लागि आवश्यक सुझाब मागेको छ ।
बिहीवार एक सुचना जारी गर्दै गाउँपालिकाले देश भित्र बाहिर रहेका आम बुद्धिजीवी ,कर्मचारी ,व्यवसायी ,पत्रकार तथा गाउँपालिका प्रती शुभेच्छुक राख्ने सम्पुर्ण नागरिकलाई विभिन्न माध्यम बाट आफ्ना अमुल्य सुझाव दिन गाउँपालिकाले अनुरोध गरेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त भुसालले हस्ताक्षर गरेको सुचनामा आवश्यक सुझाबहरु गाउँपालिका अध्यक्ष देवीराम अर्याल ,उपाध्यक्ष उपेन्द्र अर्याल र प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त भण्डारीलाई प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सुझाव दिन सकिने उल्लेख गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता