महिला नेतृत्वको लागि प्रेरणादायी भुमिका खेल्छु : अर्याल



डिबि खड्का ,माघ १९ गुल्मी ।

आउदो फागुन १४ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाबले यति बेला देश भरका क्याम्पसहरु माहोल तातिएको छ । यति बेला विद्यार्थी सङगठनका नेता तथा कार्यकर्ताहरु लाई भोट माग्न भ्याई नभाई छ । भने उनिहरुले पछिल्लो समयमा आफ्ना एजेन्डा तथा प्रतिबद्धताहरु विद्यार्थी माझ पुराउन लहभरी जस्तै देखिन्छन। स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहोलले गुल्मीमा पनि रौनकता बढाएको छ । जिल्लाको रेसुङा बहुमुखी क्याम्पसमा सत्तारूढ दल नेकपा र प्रतिपक्ष दल नेपालिका काङ्ग्रेस दुबै पाटिले विद्यार्थी उमेदवार हरु तय गरिसकेका छन । त्यस्तै सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुकि कोषाध्यक्ष पदकी उमेदवार लक्ष्मी अर्यालले महिलालाई नेतुत्वमा आउनको लागि प्रेरणादायी भुमिका खेल्ने बताईएकि छन ।

 

आईतवार साझा बिचार सङ कुराकानी गर्दै अर्यालले भनिन “कागजमा महिला र पुरुष समान भए पनि व्यबहारमा नभएको बताईन ” ।” सामाजिक तथा घरायसी कारणले महिलाहरु नेतृत्वमा आउन नसकेको उनले उल्लेख गरिन ” । छात्राहरुका समस्या समधान गर्न आफुले उम्मेद्बारी दिएको उनको भनाई छ । महिला नेत्री उत्पादन गर्ने ,क्याम्पसमा विद्यार्थीहरुको हितमा सदैब लड्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन। समाजमा हुने बालबिबाह,बहुबिबाह,मद्यपानका कारण महिलाले भोग्दै आएका पिडा, तथा समाजमा रहेका विकृति हटाउन र समाज परिवर्तनको लागि राजनीतिमा होमिएको प्रष्ट पारिन । अर्याल २०७३ साल फागुन १८ गते सम्पन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदमा निर्वाचित समेत भएकी थिइन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता