मन्त्री सुदर्शन बलाल द्धारा महायज्ञ सचिबालसंग अन्तरक्रिया !



अनिता खत्री गुल्मी ।

नेपालमै पहिलो पटक ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लिलामय श्रीमद्भागवत,पितृ मोक्ष,विराट ज्ञानमहायज्ञ हुने महायज्ञलाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न बिशिष्ट व्यक्तित्वहरुसँग भेटघाट तथा छलफललाई यतिबेला आयोजकले तिव्रता दिईएको छ ।

महायज्ञ सञ्चालन गर्ने मिति नजिकिन थालेसँगै अहिले प्रायःप्रत्येक दिनजसो जिल्लाभित्र तथा जिल्लाबाहिरका बिशिष्ट व्यक्तित्वहरुसँग भेटघाट तथा छलफललाई निरन्तर रुपमा भईरहेका छन् ।
सोही क्रममा यसअघिनै नेपाल सरकारका परराष्ट्रमन्त्रि समेत रहनुभएका प्रदिपकुमार ज्ञवालीलाई महायज्ञको प्रमुख संरक्षकमा मनोनित गरिएको महायज्ञका मूल संकल्पकर्ता बालयोगेश्वर महाराज श्रीले जानकारी दिनुभएको छ।
यसैबिच आइतबार प्रदेश न ५ का प्रदेश सभासद् तथा सामाजिक विकासमन्त्रि सुर्दशन बराललाई महायज्ञको वरिष्ठ संरक्षकमा मनोनित गरिएको छ । सो अवशरमा मन्त्रि बरालले नेपालमै पहिलो पटक हुन गईरहेको महायज्ञलाई सफल बनाउन आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भने मन्त्रि बराललाई महायज्ञ मूल आयोजक समितिले अभिनन्दन समेत गरिएको छ । ऐतिहासिक तथा धार्मिक रुरु क्षेत्रधाम रिडी गुल्मीमा हुने विराट ज्ञानमहायज्ञमा प्रमुख वाचक विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराज श्री बाट भागवत कथा प्रवचन हुने आयोजकले जानकारी दिएको छ । मुल समितिका अध्यक्ष गुरु प्रसाद ज्ञवालीको अध्यक्षता रहेको थियो ।
यहि आउँदो भदौ २८ गतेदेखि असोज १७ गतेसम्म सञ्चालन हुने ज्ञानमहायज्ञ सोह्र श्राद्धको पावन अवशरमा सम्पुर्ण पितृहरुको विधिवत श्राद्ध गरी उद्धार गरीने,एक्काइस करोड दिप प्रज्वलन गरिने,देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त संगीतमय र लिलामय कलाकारहरुको उपस्थिति रहने बताईएको छ ।
महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरुको उल्लेखीय सहभागीता गराउने लक्ष्य राखिएको बताईएको छ । यस महायज्ञबाट रुरु क्षेत्रधाम पनि बिशेष प्रचारप्रसारका साथै यसको महिमा बढ्ने बिश्वास व्यक्त गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता