मदाने गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान



असार २४ गुल्मी ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको  लागी टेवा पुराउने उदेश्यले मदाने गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
काठमाडौ स्थित शुभ अवसर गं्राम नेपालको आयोजना र गुड्स सिपर्हेड ईन्टरनेशलन फाउन्डेशन नेपालको सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
दुई थान अक्सीजन कन्सटेटर मेशिन , दश हजार थान मास्क ,दुई सय पिस फेस शिल्ड , ७५ लिटर स्यानीटाइजर ,१३ सेट पिपिई पाँच सय सेट ग्लोबस, २० बोतल हेन्ड वास गाउँपालिकालाई प्राप्त भएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोख्रेल जानकारी दिए ।

स्वास्थ्य सामाग्री ग्रहरण गदै स्वास्थ्य सामाग्री प्रदान गर्ने दुई संस्थालाई गाउँपालिका अध्यक्ष दान बहादुर केसीले धन्यवाद व्यक्त गरेका छन् । साथै प्राप्त भएका स्वास्थ्य सामाग्रीले कोभिड विरुद्धको लडाई लड्न थप सहज हुने उनले बताए ।आगमी दिनमा पनि विपत्तीमा यसरीनै संगै हातेमालो गदै अगाडी बढ्ने अपेक्षा समेत अध्यक्ष केसीले राखेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र पछाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागीता रहेको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता