बुद्ध माध्यमिक विद्यालयको ५४ औ बार्षिकोत्सव सम्मन्न



कौरव खत्री,गुल्मी १९ माघ ।

बागलुङको बडिगाड गाँउपालिका वडा नं. ६ खाल स्थित बुद्ध माध्यमिक विद्यालयको ५४ औ बार्षिकउत्सव विविध कार्यक्रम सम्पन्न भएको छ ।

बार्षिकउत्सवको उद्घाटन गदै प्रमुख अतिथि बडिगाड गाँउपालिका वडा नं. ६का वडाअध्यक्ष मौषमकाजी क्षेत्रीले शिक्षाले व्यक्ति समाज र राष्ट समृद्ध बन्ने बताए । साथै उनले सामुदायिक शिक्षा अब्बल रहेमात्र देश नै समृद्ध बन्ने भन्दै राष्ट्रविकासका लागि सरकारी एवम् सामुदायिक विद्यालयको गुणस्तर सुधार हुनुपर्ने बताए । शैक्षिक सुधारका लागि शिक्षक,विद्यार्थी, अभिभावक र स्थानीय तह सबैको समन्वयको जरुरी रहेको स्पष्ट पारे ।

साथै उनले पांैदीटारी आधारभुत विद्यायल शैक्षिक सुधारमा अगाडी बढि सकेको भन्दै नमुना विद्यालय वन्नबाट कसैले रोक्न नसक्ने बताए ।

सोही अवसरमा कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ्गले विद्यालय मध्यपहाडी लोकमार्ग सगं जोडिएकाले टिफिनको समयमा विद्यार्थीहरु सडकमा यत्रतत्र छरिने गरेकाले दुर्घटना निम्तन सक्ने भन्दै विद्यालय परिसर भित्रै क्यान्टीनको व्यवस्था गर्नुपर्ने बताए । सोही अवसरमा बोल्दै बडिगाड गाँउपालिका वडा नं. २ का वडाअध्यक्ष ढालेन्द्र शेरचनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि वडाबाट हुनसक्ने सहयोगका लागि सधै तत्पर रहने बताए । त्यस्तै महिला समाजसेवी तथा अधिकारकर्मी गण्डकी थापा अधिकारीले विद्यालयलाई सकंटकालिन अवस्थामा पनि साथ र सहयोग गरेर आजको अवस्थामा ल्याउन अहोरात्र खट्ने सम्पूर्ण व्यक्तिहरु प्रति धन्यवाद व्यक्त गरिन् । साथै उनले विद्यालय समाजको ऐना रहेको बताईन् । लगायतले बडिगाड गाँउपालिका वडा नं. ७का वडासदस्य दिपेन्द्र केसी, भिमगिठे माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर खरेल,जनक आधारभूत विद्यालय बडिगाड गापा ७ का प्रधानाध्यापक डिल्लिराज अर्याल,लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल बहादुर अधिकारीले आर्थिक बर्ष २०७५÷०७६को कुल ८४लाख ३२ हजार,७सय,२३ रुपैया बरावरको आय व्याय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षक लेखनाथ अर्याल,पूर्व शिक्षक, माहानन्द घिमिरे,पूर्व विद्यार्थी दुर्गादत्त खरेलका छोरा रामचन्द्र खरेललाई लगायतलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

सोही अवसरमा खार माध्यमिक विद्यालयका शिक्षक झम शेरभुजा,पौदीटारी आधारभूत विद्यालयका शिक्षक रामचन्द्र खरेल,सरस्वति प्राविका प्रधानाध्यापक सरिता बलामी,सिद्धबराह प्राविका शिक्षक ज्ञानु केसी,पत्रकार चन्दादाता,समाजसेवी, अभिभावकहरु एवं महिलाहरु लगायतको उपस्थिति रहेको थियो ।

शनिवार देखि शुरु भएको विद्यालयको वार्षिकोत्सवको अवसरमा मावि स्तरीय सदनात्मक हाजिरी जवाफ प्रतियोगिता,कक्षा ४ को हिसाव दौड प्रतियोगिता र सरस्वति पुजा लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन् ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर खत्रीको अध्यक्षता विद्यालयकी विद्यार्थी विनु पाइजाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक दिपक गिरीले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता